गरे के हुँदैन भन्ने ज्वलन्त उदाहरण : ११महिना भित्रै बन्यो विराटनगरको भाटभटेनी सुपरमार्केट

<span class='c1'>गरे के हुँदैन भन्ने ज्वलन्त उदाहरण :</span> <span class='c2'>११महिना भित्रै बन्यो विराटनगरको भाटभटेनी सुपरमार्केट</span>

प्रेम देवान/आवर विराटनगर
विराटनगर ११ फागुन । आजभन्दा  केही महिना अघि बिराटनगरको शनिमन्दिर नजिकै ठुलौ भौतिक संरचना सहितको निर्माणको काम बल्ल शुरु हुँदै थियो । धेरैलाई लागेको थियो कसैको बस्ने घर होला । अण्डर ग्राउण्डको काम हेर्दा कुनै पार्किङ मात्र बनाईएको होला भन्ने पनि भेटिए । भाटभटेनीको आफ्नो १५ औं शाखा विराटनगरको सातौँ तल्लामा बन्न लागेको मल्टिसिनेमा हल । तस्वीर ः प्रेम देवान 

तर त्यो क्रम बिस्तारै बढ्दै गयो । तर पछिल्लो केही महिनामा एउटा यस्तो सुबिधा सम्पन्न भवन ठडिएको छ जो कोहीले सोच्नै सक्दैन यति चाँडै यो भवन बन्यो । यो बनेको भवन भाटभटेनीले भर्खरै संचालनमा ल्याउन लागेको सुपर मार्केट हो । यही भवनको करिब सय मिटर उत्तरपट्टी रहेको सेन्चुरी मलको काम शुरु भएको ३ बर्ष बितिसक्दा पनि अझै खासै प्रगती देखिँदैन । तर यो सुबिधा सम्पन्न सुपरमार्केटको कामको गतिले सबैलाई चकित बनाएको छ । गरे के हुँदैन भन्ने उदाहरण यो सुपर मार्केटले दिएको बसन्त अधिकारीले आफ्नो फेसबुक स्टाटसमा लेख्दै बिराटनगर महानगरपालिकालाई पनि यही गतिमा काम गर्न सुझाव दिनुभएको छ ।  नेपालकै सबैभन्दा ठुलो अत्याधुनिक सुविधा सम्पन्न डिर्पामेन्ट तथा सुपरमार्केट भाटभटेनीको आफ्नो १५ औं शाखा विराटनगरमा खोल्ने तयारी अन्तिम चरणमा पुर्याएको हो । विराटनगर धरान रोड शनिमन्दिर मुख्य सडकखण्डमा रहेको करिब ८ कठ्ठा जमिनमा भाटभटेनी सुपरमार्केट आगामी बैशाख १ गते औपचारिक रुपमा संचालनमा ल्याउने तयारी भईरहेको छ ।
एकै ठाउँमा सबै उपभोग्य सामान उपलब्ध गराउने उद्देश्यले नेपालको प्रमुख व्यापारिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केटको १५ औँ व्यापारिक कम्प्लेक्स विराटनगरमा सञ्चालनमा आउन लागेको विराटनगर शाखाका व्यावस्थापक विनोद भट्टराईले आवर विराटनगरलाई जानकारी दिनुभयो ।
भाटभटेनी कम्लेक्समा कार्यरत कर्मचारीहरुलाई चिया नस्ता खान बनाईएको भान्सा घर ।तस्वीर: प्रेम देवान

एक नम्बर प्रदेशको राजधानी विराटनगरमा एउटै भवनबाट सबै किसिमको व्यापारिक सेवा प्रदान गर्ने उद्देश्यले खडा गरिएको भवनमा अण्डरग्राउण्ड सहित ७ तलाको बहुउद्देश्यीय व्यापारिक भवनको निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको व्यावस्थापक भट्टराईले बताउनुभयो । भवन निर्माणसँगै नयाँ वर्षको दिनदेखि नै व्यावसायिक सेवा सुरु गरिने भएको छ ।
नेपालकै सबैभन्दा ठुलो अत्याधुनिक सुविधा सम्पन्न भाटभटेनी सुपरमार्केटको नव निवनिर्मत भवन । तस्वीर: प्रेम देवान

रोजगारीको अवसर : विराटनगरमा भाटभटेनी शाखा विस्तारले रोजगारीको अवसर समेत प्रदान गर्ने छ । बेरोजगार युवा युवतीहरुको लागि यस सुपर मार्केटले रोजगारीको अवसर समेत प्रदान गर्ने छ । पहिलो चरणमा २ बढीले रोजगारी प्राप्त गर्ने ब्यवस्थापक भट्टराईले जानकारी दिनुभयो । यो सुपरमार्केट यसअघि सञ्चालनमा आएको कम्प्लेक्सभन्दा धेरै नै सुबिधा सम्पन्न रहेकोले उपभोक्तालाई एकै स्थानमा बजार गर्ने सुविधासहित मनोरञ्जनको समेत सेवा उपलब्ध गराउने बताईन्छ ।
विराटनगरको शाखामा पनि दुईवटा अत्याधुनिक सिनेमा हल निर्माण गरिने भएको छ । वैशाख १ गतेदेखि व्यावसायिक कारोबार सुरु गर्ने योजनामा रहेको सुपर मार्केट निर्माणको अन्तिम चरणमा पुगेको छ । स्कुलेटर र लिफ्ट सहितको सुपरमार्केट चारैतिर एसी र सिसि क्यामारा जडित हुनेछ ।

सन् १९८४ मा स्थापना भएको भाटभटेनी सुपरमार्केटको काठमाण्डौ, ललितपुर र पोखरामा शाखा रहेका छन् । भाटभटेनीको महाराजगञ्ज, कोटेश्वर, पुल्चोक, बौद्ध, अनामनगर, बालाजु, कलंकी ,बुटवल, धरान पछि विराटनगरमा शाखा विस्तार भएको हो ।
प्रदेश नम्बर १ को राजधानी विराटनगरमा पछिल्लो समय व्यवयायिक मल सञ्चालनमा आउन थालेका छन् । विराटनगरमा भाटभटेनीसँगै सेन्चुरी मल र सेन्ट्रल मल पनि निर्माणाधिन अबस्थामा छन् । विराटनगरको भाटभटेनी कम्लेक्स भवनबाट एक नम्बर प्रदेशको राजधानी विराटनगर दृष्य । तस्वीर: प्रेम देवान

त्यस्तै नेपाल बजारले पनि आफ्नो नयाँ भवबाट कारोवार गर्ने गरि भृकुटीचोकमा भवनको निर्माणको कार्य तिब्र पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्