ओबी समाचार प्रभाव : विराटनगर महानगरपालिकाले थाल्यो उप-महानगर हटाउ अभियान

ओबी समाचार प्रभाव : विराटनगर महानगरपालिकाले थाल्यो उप-महानगर हटाउ अभियान

ओवीटिम

विराटनगर, ११ फागुन ।
विराटनगर महानगरपालिकाले बिराटनगरका बिभिन्न स्थानमा रहेका सरकारी कार्यालय तथा सार्बजनिक स्थलमा लेखिएका उप–महानगरको भित्ते लेखन हटाउन थालेको छ । साईन बोर्डहरुमा समेत महानगर पालिका लेख्न थालेको हो । वुधवार १ नम्बर प्रदेश कै पहिलो अनलाईन पत्रिका आवरविराटनगर डट नेटले विराटनगर महानगरपालिकाले सुधार गर्नु पर्ने बिषयहरु सहितको स्थलगत रिपोर्टिङ गरेको थियो । रिपोर्टिङको क्रममा बिराटनगरका बिभिन्न ६ स्थानको अबस्थाको बारेमा फोटो सहित समाचार प्रकाशित भएको थियो । www.ourbiratnagar.net/2018/02/48337 समाचार प्रकाशित भएपछि बिराटनगर महानगरपालिकाले बिहिवार देखि नै त्यस्ता उप–महानगरपालिका लेखिएका स्थलहरुको खोजि गर्दै ति स्थलहरुलाई महानगर लेख्न र त्यसलाई ब्यवस्थित गर्ने काम शुरु गरेको हो । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले समाचार आए लगत्तै टोली परिचालन गरेर उपमहानगर लेखिएका स्थनमा रङ्ग लगाउन कर्मचारी सहितका अन्य ब्यक्ति परिचालित गर्नु भएको महानगरपालिकाले जनाएको छ । बिराटनगर महानगरलाई ब्यवस्थित बनाउनको लागि ६ वटा बिषय सहित समचार आए लगतै कसैको चासो नगएको उप महानगरको बोर्ड परिवर्ततमा महानगर लेखनलाई प्राथमिकता दिएको थियो । देख्दा सामान्य जस्तो लागेपनि आँखा चिम्लिएर हिड्ने बानी भएकोले कोही बोल्न सकेका थिएनन । तर पनि सानो कुराको सुरुवातीले नै समाज रुपान्तरणमा भुुमिका खेल्छ भन्ने उदेश्यले आवरविराटनगर डट नेटले साना विषयलाई प्राथमिकता दिँदै आएको छ ।

मेयरको यस्तो भनाई
देश संघिय संरचनामा गएसंगै स्थानीय सरकारका सवै निकाय चलायमान भएका छन् । जनताको काम गरौ भनेर उत्साहित भएका जनप्रतिनिधिहरु भनेजस्तो काम गर्न सकिरहेका छैनन् । स्थानीय तहलाई दिएको क्षेत्राधिकार अनुसारका संरचनाको अभाव छ । वडा कार्यालय र तिनका लागि चाहिने क्षेत्रगत कार्यालयसञ्चालन गर्न कठिन भइरहेको बिराटनगर महानगलिकाका मेयर भिम पराजुलीलाई उदृत गर्दै प्रेस संयोजक कौशल निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार, महानगर मातहत आउने सवै विषयगत कार्यालयको भवनहरु प्रशस्तै भएपनि स्पष्ट कानुनी व्यवस्था नहुदा ति कार्यालय प्रयोगमा समस्या आइरहेको छ ।समस्या समाधान र महाननगरमा समायोजन हुने कार्यालयको अवस्था अनुगमनका लागि विराटनगर महानगर अगाडी वढेको जनाईएको छ ।
‘कतिपय वडा कार्यालयहरु जीर्ण र भौतिक पूर्वाधारयुक्त छैनन्, मेयर पराजुलीलाई उदृत गर्दै निरौलाले भने, ति कार्यालयलाई पनि भवन चाहिएको छ, ती सवै व्यवस्था मिलाउन त्यसको ब्यवस्थापनमा लागि परेका छौ ।’ देखिएका त्रुटी र कमिकमजोरीलाई सच्याएर अगाडी बढ्ने महानगरको तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्