विराटनगर रंगशालामा अन्तराष्ट्रिय स्तरको चेन्जिङ रुम वनाईँदै

विराटनगर रंगशालामा अन्तराष्ट्रिय स्तरको चेन्जिङ रुम वनाईँदै

विराटनगर, ११ फागुन ।
विराटनगरको शहिद रंगशाला परिसरमा अन्तराष्ट्रियस्तरको चेन्जिङ रुम निर्माण हुने भएको छ ।
१ करोड २५ लाखको लागतमा निर्माणहुने चेन्जिङ रुमको आज विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र पुर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रबिन नगरकोटीले संयुक्तरुपमा शिलान्यास गर्नुभयो । रंगशालाको पुर्वपट्टि निर्माण गरिने सो भवन १४ सय स्क्वायर फिटको रहने जनाईएको छ । जसमा लेडीज र जेन्ट्स चेन्जरुम शौचायल,आराम कक्ष र प्राथमिक उपचार कक्ष रहने मोरङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख देवराज कट्वालले जानकारी दिनुभयो । चेन्जिङ रुम निर्माण गर्न राष्ट्रिय खेलकुद परिषदले ५० लाख रकम बिनियोजन गरेको छ भने विराटनगर महानगरपालिकाले १० लाख रकम प्रदान गर्ने निर्णय गरेको छ । भवन यही असार मसान्तसम्म निमार्णसम्पन गर्ने लक्ष्य राखिएको छ । कार्यक्रममा क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष नगरकोटीले चेन्जिङरुमको निर्माण पछि अन्र्तराष्ट्रियस्तरको खेलकुद संचालन गर्न सहज हुने बताउनुभयो । उहांले विराटनगरलाई स्पोर्टस सिटिकोरुपमा विकास गर्न थप खेल मैदान र पुर्वाधारहरु आवश्यक रहेको बताउनुभयो । विराटनगर प्रमुख पराजुलीले चेन्जिङरुमको निर्माण सम्पन्न गर्न आउदो परिषदबाट बजेट ब्यवस्थापन गरिने आश्वासन दिनुभयो । उहांले नगरक्षेत्रमा खेलकुदको विकास गर्न नितिगत र ब्यवहारिक दुवै तवरले प्रयास गरिने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्