नेपाली सिने जगतमा होमिएका महिला निर्देशक (शनिबारीय विशेष)सुपरहिट विराटनगरी दीपा

<span class='c1'>नेपाली सिने जगतमा होमिएका महिला</span> <span class='c2'>निर्देशक (शनिबारीय विशेष)सुपरहिट विराटनगरी दीपा</span>

प्रेम देवान
विराटनगर, १२ फागुन ।
नेपाली समाजमा जस्तै फिल्म उद्योगमा पनि पुरुषको बोलबाला छ । त्यसमा पनि फिल्म निर्देशकको कुरा गर्दा महिलाहरुको उपस्थिति नाजुक छ । इतिहाँसदेखि आजका दिनसम्म आइपुग्दा महिला निर्देशकहरु औंलामा गन्न सकिने मात्र छन् । यद्यपी, पछिल्लो समय केही महिला निर्देशकको आगमन भएको छ । उनीहरुले बनाएका फिल्मलाई दर्शकले मन पनि पराएका छन् ।
नेपाली चलचित्रमा पहिलो महिला निर्देशकको कुरा गर्दा सुचित्रा श्रेष्ठको नाम आउँछ । उहाँले ‘प्रेमयुद्ध’ नाम राखेर चलचित्र बनाउँदै देखि राम्रो चर्चा भएको थियो । तर उक्त चलचित्र व्यापारिक रुपमा असफल भएपछि सुचित्रा हराइन् । पछिल्लो समयमा महिलाले निर्देशन गरेका चारवटा फिल्म दर्शकमाझ आए । आउनुस, यी निर्देशकको छोटो चर्चा गरौं ।
ब्यापारमा रेकर्ड ब्रेक गरिन् दिपाश्रीले
आम्दानीका हिसाबले समग्र नेपाली चलचित्र उद्योगको ५० वर्षको रेकर्ड ब्रेक गरेकी थिइन् दिपाश्री निरौलाले । अहिलेसम्मकै धेरै ब्यापार गर्ने फिल्मकी निर्देशकको रुपमा चिनिन्छिन् दीपाश्री । प्रारम्भमा केही फिचर फिल्ममा समेत अभिनय गरेकी दिपाश्री निरौला पछिल्लो समय काँचको पर्दा र स्टेज कार्यक्रममा ब्यस्त थिइन् ।
हाँस्य टेलिश्रृङ्खला ‘तीतो सत्य’ मा अभिनय र सहायक निर्देशक भएर काम गरेकी दिपाश्री ‘तीतो सत्य’ प्रशारण बन्द भएपछि फिचर फिल्म निर्देशनमा प्रवेश गरेकी हुन् । चलचित्र ‘छक्कापञ्जा’ वाट निर्देशनमा डेब्यु गरेकी दिपाश्रीले आम दर्शकलाई मन पर्ने फिल्म बनाएर देखाइदिइन् । फिल्मले १५ करोड बढी ब्यापार गर्यो ।
दिपाकै निर्देशन रहेको दोस्रो चलचित्र ‘छक्का पञ्जा–२’ लाई दर्शकले कत्तिको मन पराउछन, अहिल्यै भन्न सकिन्न । तर, धेरै पुरुष निर्देशक ‘छक्का पञ्जा’को ब्यापारबाट लोभिएका छन् । राम्रो फिल्म यसरी बनाउन सकिन्छ भनेर एउटा सन्देश दिएकी छिन् दिपाश्रीले । दिपाश्री पुन यतिबेला छक्का पञ्जा ३ सुटिङको दौरानमा छिन् ।
पहिलो फिल्मबाटै सफल झरना
दुई दशकदेखि अभिनयमा सक्रिय झरनाले आफ्नै निर्देशनमा पहिलो पटक ‘ए मेरो हजुर–२’ निर्देशन गरिन् । केही नयाँ र केही पुराना कलाकारलाई अभिनय गराएको ‘ए मेरो हजुर–२’ युवा पुस्ताका दर्शकले निकै मन पराएका छन् ।अभिनयमा स्थापित हुन ‘ए मेरो हजुर’ले भुमिका खेलेको धारणा राख्ने झरनाले फिल्मको स्क्रिप्ट लेख्न मात्रै दुई वर्ष बढी खर्च गरेकी थिईन् ।
तीन महिनाको वर्कसपपछि सुटिङ सुरु गरेकी झरनाले मेहनतकै कारण आफु सफल भएको अनुभव गरेकी छिन् । ‘झरनाले दर्शकको भावना अनुरुप चलचित्र बनाउने प्रयास गरेकी छिन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी राणाको अभिनयको भन्दा कम चर्चा छैन, निर्देशक झरनाको ।

निर्देशकलाई स्पटमै किकआउट गर्ने रेखा थापा : रेखा थापा आकस्मिकरुपमा निर्देशक बनेकी थिइन् । आफ्नै लगानीमा ‘हिम्मतवाली’ नाम राखेर फिल्म निर्माणको तयारीमा जुटेकी रेखाले सुरुमा निर्देशकको जिम्मा श्याम भट्टराइलाई दिएकी थिइन् । सुदुरपश्चिममा सुटिङ सुरु भएको दुई दिनपछि निर्देशक भट्टराइको काम उनलाई चित्त बुझेन । निर्देशकले राम्रो काम गर्न नसकेको भन्दै फिल्मबाट निकालेको घोषणा गरिन् र फिल्मको बाँकी सुटिङ आफ्नै निर्देशनमा गरिन् । ‘हिम्मतवाली’पछि निर्देशनमै सक्रिय हुने घोषणा गरेकी रेखाले अर्को चलचित्र निर्देशन गरेकी छैनन् ।


एक्कासी निर्देशक बनेकी नायिका सृजना बस्नेत
रेखा जस्तै एक्कासी निर्देशक बनेकी अर्की नायिका हुन् सृजना बस्नेत । गोबिन्द गौतमलाई निर्देशक लिएर ‘गुडलक’ नामक फिल्म बनाउने तयारीमा थिइन् सिर्जना । गोबिन्द अन्य फिल्ममा ब्यस्त थिए भने स्क्रिप्ट फाइनल गर्नेदेखि कलाकार छान्ने कामसमेत सिर्जना आफैंले गरिन् । सुटिङ गर्ने दिनसम्म पनि निर्देशक सम्पर्कमा नआएपछि सृजना आफैले सुटिङ सम्पन्न गरिन् । यद्यपि फिल्म ब्यापारिक रुपमा सफल हुन सकेन ।
एउटै फिल्मबाट चिनिएकी निलु
हृदयघातका कारण केही दिनअघि निधन भएकी स्व. निर्देशक निलु डोल्मा शेर्पा निर्देशित चलचित्र ‘हाउ फन्नी’ नेपाली फिल्मको अर्काइभमा राम्रो फिल्मको रुपमा स्थापित छ ।  पूर्व मिस नेपाल माल्भिका सुब्बाको लगानी रहेको ‘हाउ फन्नी’ मा केकी अधिकारी, प्रियंका कार्की, दयाहाङ राइ, अनुप विक्रम शाही, निशा अधिकारीलगायतले अभिनय गरेका थिए । कमेडी जनरामा फिल्म निर्देशन गरेकी निलुले यो फिल्मबाट निकै सम्भावना देखाएकी थिइन् । तर, अल्पायूमै उनको निधन भयो ।
फिल्ममा मौलिकताको खोजी गर्ने निलुकै निर्देशन रहेको सर्ट मुभी ‘कागज’ले अन्तर्रा्ष्ट्रिय रुपमै चर्चा पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्