प्रहरी–कैदीबन्दी विवाद, मोरङ कारागारमा कैदीवन्दीद्धारा जेल भित्रै नारावाजी

<span class='c1'>प्रहरी–कैदीबन्दी विवाद, मोरङ कारागारमा</span> <span class='c2'>कैदीवन्दीद्धारा जेल भित्रै नारावाजी</span>

विराटनगर, १२ फागुन ।
कैदी होटलबाट भागेपछि प्रहरीलाई कार्वाही भएको बिषयमा मोरङ कारागारमा कैदीबन्दी र प्रहरी बिचको मनमुटाव बाहिर आएको छ । प्रहरीको असहयोग विरुद्ध कैदीबन्दीले केहीबेर कारागारको पिकेटमा नारावाजी समेत गरेका छन् । गत महिना कैदीलाई भगाएको आरोपमा प्रहरी नै जेल परेपछि प्रहरीले कैदीबन्दी प्रतीको चासो घटाएको छ । विरामी कैदीबन्दीले सरकारबाट पाउने स्वास्थ्य उपचारको सेवा पनि नपाएको गुनासो गरेका छन् । शुक्रवार ६ जना कैदीबन्दीलाई कोशी अञ्चल अस्पताल पु¥याएर प्रहरीले फर्काएको छ । तर उनीहरुले अस्पताल मात्र पुगेर फर्किए उपचार हुन पाएन ।
कैदीबन्दीमाथि केही दिनदेखि निरङ्कुश बन्दै आएको कारागार सुरक्षा प्रहरीले कारागार प्रशासनले ६ जना कैदी बन्दीलाई अस्पताल लैजाने पत्र बिहान १० बजेर २० मिनेटमा प्राप्त गरेको थियो तर बिरामी भने दिउँसो १२ बजेर ५० मिनेटमा मात्र अस्पताल पुगे । त्यो समयसम्म अस्पतालका चिकित्सक अस्पतालबाट बाहिरी सकेका थिए । बिरामीलाई उपचार र्नै नगराई जेल फर्काईएको थियो । चिकित्सकले एक्स–रे र रगतको जाँच गर्न लगाउँदा त्यो नगरी फर्काएको उनीहरुको गुनासो छ । यसरी असहयोगमा गर्नेमा ४ जना प्रहरी रहेका छन् । कारागार भित्र कैदीबन्दीले नारावाजीले गरेको गरेपछि यस बिषयले अधिकांशको ध्यानाकर्षण गराएको छ। बिरामी कैदीबन्दीले सरकारबाट पाउनु पर्ने स्वास्थ्य उपचारको सेवाबाट समेट बञ्चित हुनु परेको बताए । कारागारका आन्तरिक प्रशासन प्रमुख अभिषेक गिरीले कैदी बन्दीको उपचारमा प्हरीले गरेको लापरवाही धेरै दिनपछि हाल आएर बाहिर आएको बताउनुभयो ।
जेलको सुरक्षामा रहेका नेपाल प्रहरीका प्रहरी नायव निरिक्षक गणेश राईले नाईकेहरुले हत्कडी नलगाई अस्पताल लैजाने दिईएको सुबिधा रोकिएकोे र आफन्त भेट्न आउँदा बाहिर आउने सुबिधा कटौती गरिएकोले त्यसैको आधारमा योजनाबद्ध रुपमा कैदीबन्दी प्रहरी बिरुद्ध लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नाईकेलाई दिईँदै आएको सेवा सुबिधा कटौती भएपछि हाम्रै बिरुद्ध उनीहरु लागेका हुन् ।’
कारागारका जेलर प्रेमपूसाद सापकोटासँग यस बारेमा जानकारी लिँदा उहाँले कारागार प्रशासनले कैदी बन्दीलाई जुनसुकै समयमा अस्पताल लैजाने गरेको जानकारी दिनुभयो । कारागार प्रशासनले २४ सै घण्टा आबस्यकताको आधारमा २४ सै घण्टा अस्पताल लैजाने गरेको उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्