विराटनगर, १२ फागुन ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति मुनामदन पुस्तकमा आधारित नाटक ‘मुनामदन’ विराटनगरको आरोहण गुरुकुल शनिवार देखि मञ्चन सुरु भएको छ ।
विराट आदर्श साहित्य मञ्चको आयोजनामा गुरुकुलमा तीन दिनसम्म उक्त नाटक मञ्चन भएको हो । मुनामदनको नाट्य रुपान्तरण दिपक कटुवालले गरेका हुन्भने निर्देशन सुदिप कार्कीले गरेका छन् । महाकवि देवकोटाको कृति ‘मुनामदन’ नाटकमा रुपान्तरण गरी रङकर्मीमा डेब्यू गरेका कलाकारले नाटक हेर्न आउने दर्शकलाई शनिबार भावबिबल बनायो ।
मुनाको भूमिका सरु कटुवाल र मदनको भूमिकामा लकेश दंगालले उत्कृष्ट अभियन प्रस्तुत गरेका छन् । मुनामदन कथा अनुसारको नाटकमा कलाकारले मार्मिक अभिनय प्रस्तुत गर्दा दर्शकहरू भाव विह्वल बने ।
२ महिनासम्म प्रशिक्षण दिएर अभियनमा उतारीएको कालाकारहरूको तारिफ योग्य अभियन प्रस्तुत गरेका छन् । डेढ घण्टासम्म मञ्चन हुने नाटकमा दुई जनाबाहेक सबै नवप्रवेशी कलाकाहरू हुन् । उक्त नाटकमा सरु कटुवाल, लकेश दंगाल, मनाहाङ लावती, अनु श्रेष्ठ, प्रविण राई, जिना राई, निशान मगर, सविना भट्टराई, सन्जित राई, विकेक आचार्य र लकेश राईले अनिभय गरेका छन् । यस नाटकमा अभियन गर्ने मनाहाङ र अनु थ्रेटरका कलाकारहरू हुन भने अन्य नवप्रवेशी हुन् । विराट आदर्श साहित्य मञ्चले मञ्चन सुरु गरेको मुनाुमदन नाटक तेस्रो प्रस्तुती रहेको प्रमुख सल्लाकार मीनकुमार नवोदितलले जानकारी दिए । नाटक मंगलबारसम्म सञ्चालन हुने नाट्य संयोजक कमल पोखरेलले जानकारी दिए । प्रत्येक दिन २ वटा शो हुनेछ ।
युवा पुस्तालाई साहित्य क्षेत्रमा अभिरुची बढाउन नाटक मञ्चन गरिएको पोख्रेलले बताउनु भयो ।नाटकको उद्घाटन प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरले गरेका थिए । नाटकको उद्घाटन गर्दै उनले भाषा, साहित्यको विकास र प्रवद्र्धनमा प्रदेश सरकार कठिबद्ध भएर लागि पर्ने बताए । नाटक मञ्चन भइरहँदा अधिकांश दर्शकले आँसु खसाएका थिए ।