विराटनगरका पाँच हजार बढी बाढी पिडीतले होली पछि राहत पाउने

विराटनगरका  पाँच हजार बढी बाढी पिडीतले होली पछि राहत पाउने

विराटनगर, १३ फागुन ।
विराटनगर महानगरपालिकाले बितरण गर्नु पर्ने बाढी पिडित राहतको रकम होली पछि वितरण गर्ने तयारी थालेको छ । लामो समय सम्म खाुल्ला चौरमा दिन–रात बिताएका बाढी पिडितहरु अहिले हरेक दिन बिराटनगर महानगरपालिकामा राहतको आशा सहित धाउने गरेकाछन् । राहत रकम पाउँला र घर बनाउँला भनेर बसेका सिँगिया खोला किनार की सुनिता ऋषिदेवले पैसा पाईन्छ भनेर कुरेको एक बर्ष पुग्न लाग्दा समेत राहत नपाएको गुनासो गर्नुभयो । राहत रकमको ढिलाईले बाढी पिडीत आक्रोशित भएका छन् । विराटनगरमा गत साउन २७ गते आएको बाढीका कारण केशल्य खोला र सिँगिया खोला गाउँ पस्दा खेला किनारका अधिकांश बिस्थापित भएका थिए । नेपाल सरकारले बाढी प्रभाबित क्षेत्रको लागि राहत रकम स्थानीय तहमा पठाएको महिनौ बितिसकेको भएपनि बितरण हुन नसकेको हो । बिराटनगर महानगरपालिकामा १३ करोड ८९ लाख बजेट आएको छ । तर त्यो बितरणमा ढिलाई भएको बाढी पिडीतको आरोप छ । तर बिराटनगर महानगरपालिकाले भने राहतको रकम यही होली पछि वितरण गर्ने तयारी थालेको छ । पुर्ण क्षती भएका ५ हजार चार सय ३७ घरमा राहत रकम बितरण गर्ने तयारी भएको बिराटनगर महानगरपलिकाले जनाएको छ ।
‘बाढीका कारण पुर्ण क्षति भएका घरको हकमा २७ हजारका दरले रकम दिईने छ, बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले भन्नुभयो, त्यसको लागि महानगरले पुन एकिन गरी होली पछि राहत बितरणको काम शुरु हुनेछ ।’ १५ हजार घर बनाउन, १० हजार लत्ताकपडा खरिद र २ हजार कृषि बालीको बिउ  खरिदका लागि उपलब्ध गराईने छ । २५ हजार महानगरले उपलब्ध गराउने भएपनि २ हजार भने कृषि विकास कार्यालयले उपलब्ध गराउने पराजुलीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्