मोरङ कारागारमा थुनुवाको ज्यान गयो

<span class='c1'>मोरङ कारागारमा थुनुवाको</span> <span class='c2'>ज्यान गयो</span>

मोरङ, १४फागुन  । मोरङ कारागारमा उपचारको क्रमममा एक थुनुवाको ज्यान गएको छ । कैदी जीवन भोगिरहेका सोलुखुम्बुको गोली–४, का २२ वर्षीय अनिल नेपालीको कोशी अञ्चल अस्पतालमा उपचारको क्रममा आइतबार ज्यान गएको प्रहरीले जनाएको छ ।

अवैध लागुऔषध मुद्दामा पूर्पपक्षको लागि मोरङ कारागारमा फागुन ३ गते आएका नेपालीको ज्यान गएका जेलर प्रेमप्रसाद सापकोटाले जानकारी दिनुभयो । कैदी कारागार आउँदादेखि नै बिरामी रहेको जनाइएको छ । नेपालीको अस्पतालमा उपचारको क्रममा ज्यान गएको सापकोटाले बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरले आइतबार कैदीको ज्यान गएको कारागारको निरीक्षण गरेको छ । मानव अधिकार आयोगका अधिकृत सन्ध्या पुडासैनी र चिरञ्जीवी कोइरालासहितको टोलीले अनुगमन तथा निरीक्षण गरेको हो  ।

विभिन्न सजाय पाएर मोरङ कारागारमा बन्दी जीवन बिताइरहेका कैदी बन्दीले बिरामी हुँदा समयमै उपचार नपाएको भन्दै शुक्रबार नाराबाजी गरेका थिए ।
मोरङ कारागारमा खुट्टाको समस्या भएका १५ बिरामी रहेका छन् ।

कतिपय कैदीकाे उपचार सफल भए पनि कतिपयको ६ महिनासम्म पनि उपचार सफल नभएको जेलर सापकोटाको भनाई छ । हेपटाइटिस (सी) २ जना र टिभीका १ जना बिरामी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्