मोरङमा हरेक सोमवार सार्बजनिक विदा हुने तिन बिद्यालय

<span class='c1'>मोरङमा हरेक  सोमवार सार्बजनिक</span> <span class='c2'> विदा हुने तिन बिद्यालय</span>

विराटनगर, १४ फागुन । 
बिद्यार्थीको पढाईलाई मध्यनजर राख्दै मोरङको मिक्लाजुङ गाउँपालिका रमितेखोलाका ३ वटा बिद्यालयमा सोमबार सार्बजनिक बिद्यालय दिन थालेको बर्षौ भईसकेको छ । शनिवार बिदादिँदा सोमबार बिद्यार्थी बिद्यालय नै आउन छाडेपछि बिद्यार्थीहरुको समस्यालाई मध्यनजर राख्दै आईतवार आधा समय र सोमबार सार्वजनिक विदा दिने गरिएको बिद्यालयले जनाएको छ। यसरी पढाई हुँदा मोरङको मात्र हैन ईलामको साक्फाराबाट पनि बालबालिका बिद्यालय पढ्नको लागि आउने गरेका छन् ।
साक्फारा कालापानी, ईलामबाट आएकी बिनिता राई मोरङको रमितेखोला ५घण्टा लगाएर पढ्न आउँछिन् । पहिला साक्फारा दशमी निम्न माध्यामिक बिद्यालयमा पढ्दै आएकी उनले मोरङ जिल्लाको रमितेखोलाको टाँडी माबिमा कक्षा ८ देखि पढेकी हुन ।
शुरुका दिनमा त घरबाट नै धाएकी राईले धाउन निक्कै गाह्रो भएपछि रमितेखोला मै रहेको ठुलोबुवाकोमा घरमा बसेर बढेकी हुन् । उनीमात्र हैन यस बिद्यालयमा धेरै ईलामका बालबालिका पढ्दै आएका छन् ।
लोर्कुबाट विद्यालयसम्म आउनको लागि झण्डै ३ घण्टा लाग्छ । लोर्कुबाट आईतवारे पढ्न आउने १७ जना बिद्यार्थीको दिनचर्या बिहानै उठ्ने बितिकै बिद्यालय जानका लागि तयार हुनु नै हो । हामी शनीवार रमितेखोला पुग्दा बिद्यालयमा पढाई भईरहेको थियो, शनीवार बिद्यालय लाग्नुको कारण हो, सोमबार सार्वजनिक बिदा दिईनु । ‘गाउँमा लाग्ने हाटबजारको कारण धेरै बालबालिकाहरु बिद्यालय नआउने भएपछि बिद्यालयले सोमबार सार्बजनिक बिदा दिन थालेको हो, बिद्यालयका शिक्षक सुवास राईले भने, त्यसबाट बिद्यार्थीलाई त फाईदा भएको छ नै शिक्षकलाई पनि निक्कै फाईदा छ । ’
शिक्षकहरु आईतवारको आधा पढाई सकाएर आईतवार नै बिराटनगर लगायत टाढा जानेहरु सोमबार काम सकाएर मंगलवार बिद्यालयमा हाजिर हुन पुग्ने गरेका छन् । शनीवार सबै सरकारी कार्यालयहरु बन्द हुने हुँदा बालबालिकको पनि पढाई नछुट्ने अनी शिक्षकले पनि काम गर्न पाउने भएपछि सोमबार सबैको निर्णयबाट बिद्यालय सार्बजनिक बिदा र आईतवार आधा समय पढाउने गरेको हो ।
टाढा–टाढाबाट आउने बिद्यार्थीहरु हाटबजार भर्न जाने भएपछि बिद्यालय खाली हुन थलेको थियो अभिभावक र बिद्यार्थीहरुको मागको आधारमा आईतवार हाफछुट्टी अनी सोमवार सार्वजनिक विदा दिँदै आएको बिद्यालयका प्रधायाध्यापक अमृत कुमार राईले
हो । आईतवार बिद्यालय नजिकै लाग्ने हाटबजार अनी सोमबाट मधुमल्लामा लाग्ने बजार भर्नका लागि आफ्ना छोराछोरी सहित हाटबजार गर्न जानेभएपछि बिद्यालयलाई सोमबार बिदा दिने गरेको बिद्यालयका प्रधानाध्यापक अमृत कुमार राईको भनाई छ ।
तराईका गाउँहरुमा बालबालिका हाट बजार कै कारण बिद्यालय आएनन् भनेर मिठो जवाफ दिने बिद्यालयलका शिक्षकहरुले यो बिद्यालयबाट पाठ सिक्नु पर्ने शिक्षा क्षेत्रका जानकारहरु बताउँछन् । रमिते खोला गाविसका ३ वटा बिद्यालय हिमालय प्राबि, मनोहर निमाबि र टाँडी माबिले सोमबार सार्वजनिक बिदा दिँदै आएका छन् । बिद्यार्थीहरुको समस्यामा साथ दिनु अनी बिद्यार्थीलाई बिद्यालयमा निरन्तरता दिनु पर्छ भन्ने यो प्रयोगले बालबालिका नियमित बिद्यालय आईरहेको बिद्यालयका शिक्षक बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्