नेपालले आज युएईसँग अभ्यास खेल खेल्दै

नेपालले आज युएईसँग अभ्यास खेल खेल्दै

आइसीसी विश्वकप छनोट क्रिकेटमा सहभागी हुन् जिम्बाबे पुगेको नेपाली क्रिकेट टोलीले आज (मंगलबार) पहिलो अभ्यास खेल खेल्दै छ । छनोट खेलअघि दुई अभ्यास खेलको मौका पाएको नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) सँग पहिलो अभ्यास खेल खेल्न लागेको हो ।

क्वेक्वे स्पोर्ट्स क्लबको मैदानमा हुने नेपाल र युएईबीचको अभ्यास खेल नेपाली समयअनुसार अपरान्ह १ स् १५ बजे सुरु हुने छ । नेपाल र युएई नामिबियामा भएको आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु को शिर्ष दुईमा रहदै विश्वकप छनोटमा पुगेको हो ।युएईपछि नेपालले मार्च १ मा हङकङसँग दोस्रो अभ्यास खेल खेल्नेछ ।

छनोटमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बाबेसँगै, अफगानिस्तान, स्कटल्याण्ड र हङकङ जस्ता बलियो टोली रहेका छन् ।

नेपालले मार्च ४ मा जिम्बाबेसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग मार्च ८ मा खेल्नेछ । त्यसपछि नेपालले १० मार्चमा अफगानिस्तान र हङकङसँग मार्च १२ मा खेल्नेछ ।

छनोटमा नेपालले सुपर सिक्समा पुग्ने लक्ष्य लिएको छ । छनोटको शिर्ष दुई टोलीले सन् २०१९ मा इंग्ल्यान्ड र वेल्समा हुने विश्वकपमा स्थान बनाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्