१ नम्वर प्रदेश : असहायलाई दिईने १० प्रतिशत नि:शुल्क सेवा कार्यान्वयन नगरे कार्वाही गरिने

१ नम्वर प्रदेश : असहायलाई दिईने १० प्रतिशत नि:शुल्क सेवा कार्यान्वयन नगरे कार्वाही गरिने

सुमन सुस्केरा
विराटनगर, १५ फागुन
छैठौ स्वास्थ्य सेवा दिवसको अवसर पारेर एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले निजी अस्पतालले असहायका लागि उपलब्ध गराउनु् पर्ने १० प्रतिशत निशुल्क सेवा कडाईका साथ कार्यान्वयन गर्ने भएको छ। १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजना तथा नेपाल सरकार स्वास्थ्य मन्त्रालयको समन्वयमा आयोजना भएको कार्यक्रममा मन्त्रालयले १० प्रतिशत निशुल्क सेवालाई कडाईका साथ कार्यान्वयन गर्न लागेको हो ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले सबै निजी स्वास्थ्य संस्थाले असहायका लागि उपलब्ध गराउनु पर्ने १० प्रतिशत सेवा कार्यान्वयन गर्न निर्देशन दिनु भएको छ। ‘आम नागरिकबाट प्रसस्तै गुनासोहरु आएको छन् त्यसलाई कार्यान्वयन गर्न म निजी अस्पताल सञ्चालकलाई निर्देशन दिन्छु, मन्त्री घिमिरेले भन्नुभयो, यदी कार्यान्वयन गरिँदैन भने कार्वाहीको प्रक्रियामा अघि बढ्नुपर्ने हुन्छ ।’
मन्त्रालयको समन्वयमा आज एक दिन १ नम्बर प्रदेशका सबै स्वास्थ्य संस्थामा ६५ बर्ष भन्दा माथिका सबै जेष्ठ नागरिकको लागि निजी अस्पतालहरुले निःशुल्क उपचार गराउने ब्यवस्था मिलाईएको छ । आजै देखि लागु हुनेगरी निजि अस्पतालहरुले प्रेसर जाँचमा लिँदै आएको रकम निजी अस्पताल संचालकहरुको संस्थासँगको सहकार्यमा नलिने ब्यवस्था मिलाईएको मन्त्री घिमिरेले जानकारी दिनुयभो ।
यि सेवामा १० प्रतिशत सेवा निः शुल्क
असहायहरुको लागि निजी अस्पतालले ४ प्रकारका सेवामा १० प्रतिशत सुविधा निशुल्क दिनु पर्ने ब्यवस्था गरेको छ ।
१. चिकित्सक परामर्श सेवा
२. नर्सिंङ सेवा
३. अक्सिजन
४.सबै प्रकारका डाईलाईसिस (रेडियोलोजी र प्याथोलोजी)
मन्त्री घिमिरेले कर्मचारीले राजनीति गर्दा कर्मचारी संयन्त्र अस्तब्यस्त भएकोले कर्मचारीलाई संगठन खोल्ने अधिकार भएपनि राजनीति गर्न पाउने अधिकार नभएकोले काम गरेर देखाउन निर्देशन दिनुभयो । अहिले पहिलेको जस्तो अबस्था नभएको स्मरण गराउँदै मन्त्री घिमिरेले अब काम गर्नेलाई सम्मान र अल्छी कामचोर कर्मचारीलाई दण्ड दिईने स्पष्ट पार्नुभयो ।
१४ जिल्लाका स्वास्थ्य प्रमुखलाई निर्देशन
आजै सामाजिक विकास मन्त्रालयमा बसेको बैठकले १ नम्बर प्रदेशका १४ वटै जिल्लाका जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखहरुलाई १० प्रतिशत कार्यान्वयन भए नभएको बारे अनुगमन गर्न सबै कार्यालयलाई सक्रिय बनाउने भएको छ । मन्त्री घिमिरेले सबै प्रमुखहरुलाई निजी अस्पतालले १० प्रतिशत असहायहरुको लागि उपलब्ध गराउनु पर्ने निशुल्क सेवा प्रवाहको अबस्थाको अनुगमन गर्न निर्देशन दिनु भएको हो ।
उत्कृष्ठ जिल्ला झापा
नेपाल सरकार स्वस्थ्य मन्त्रालयले १ नम्बर प्रदशेकमा उत्कृष्ट काम गरेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय झापलाई सम्मान गरेको छ । सबै जिल्लाहरुबाट भएको कामको मुल्याङ्कनको आधारमा झापा उत्कृष्ठ जिल्लाको रुपमा सम्मान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्