विराटनगर सफा अभियानको थालनि फागुन २० गते देखि, क्लीन काष्टमाण्डपका अभियनता आउने

<span class='c1'>विराटनगर सफा अभियानको थालनि फागुन २०</span> <span class='c2'>गते देखि, क्लीन काष्टमाण्डपका अभियनता आउने</span>

प्रेम देवान
विराटनगर १५ फागुन ।
नेपाल कै कान्छा समाजसेवी तथा क्लिन काष्ठमण्डपका अभियन्ताका रुपमा परिचित केपि खनाल विराटनगर आउनुहुने भएको छ । विराटनगर महानगरपालि एक नम्बर प्रदेशको अस्थायी राजधानी भईसकेको अबस्यामा उहाँ सहितको अन्य युवा अभियान्ताहरु विराटनगर आउन लागेका हुन् ।
केपी खनाल सहितको युवा जमातले आगामी फागुन २० गते विभिन्न विराटनगर महानगरपालिकामा “बृहत सरसफाई तथा जनचेतनामुलक” कार्यक्रम गर्न लागेको हो । सामाजिक सेवामा सक्रिय भएर काम गर्दै आएका दारी ग्याङ, विङ नेपाली, विराटनगर इसाई युवा समुह समाज, नेपालीज समुहले संयुक्त रुपमा विराटनगर सरसफाई तथा जनचेतनामुलक कार्यक्रम गर्न लागेको संयोजक सबिन घिमिरेले जानकारी दिनुभयो ।
क्लिन काष्ठमण्डपका अभियन्ता खनाल लगायत बिभिन्न विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने पनि उहाँले जानकारी दिनुभयो । “सरसफाई तथा जनचेचनामुलक” कार्यक्रममा १ नम्बर प्रदेशमा विभिन्न सामाजिक कार्यमा योगदान दिँदै आएका बिभिन्न समुह र युवाहरुलाई हौसला दिन सम्मान कार्यक्रम पनि राखिएको बताईएको छ । युवा अभियान्ताले विराटनगरको ट्राफिक चोक देखि जलजला चोकसम्म दोहोरो सरसरफाई गर्ने जनाएको छ ।सरसफाई टोलीले विराटनगरको सेवा प्रदायक स्थानहरुमा फोहोर मैला व्यावस्थापन गर्नको लागि १० स्थानमा डस्विन राख्ने समेत जनाएको छ। आयोजकले सरसफाई कार्यक्रममा सम्पूर्ण विराटनगरवासीलाई सहभागिताका लागि अनुरोध गरेको छ । यस कार्यक्रमको मिडिया पार्टनर आवर विराटनगर डटनेट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्