नेपालले युएईलाई अभ्यास खेलमा हरायो

<span class='c1'>नेपालले युएईलाई अभ्यास</span> <span class='c2'>खेलमा हरायो</span>

आईसीसी विश्वकप छनोटको अभ्यास खेलमा नेपालले जित हात पारेको छ । मंगलबार भएको आफ्नो पहिलो अभ्यास खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको हो । २९ ओभरमा २७२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले निर्धारित ओभर सकिन ४ बल बाँकी छँदै ५ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो ।
नेपालको जितमा शरद भेषवाकरले अविजित ४१ र दिपेन्द्रसिंह ऐरीले पनि ४१ रनको योगदान दिए । त्यस्तै, कप्तान पारस खड्काले २८ र आरिफ शेखले नटआउट २३ रन बनाए । यता ओपनर ज्ञानेन्द्र मल्लले १२ रन बनाए ।

युएईका लागि अमिर हायतले २ विकेट लिएका थिए ।

वर्षाका कारण २९ ओभरमा छोट्याइएको खेलमा युएईले ओभर सकिन १ बल बाँकी छदा सबै विकेटको क्षतिमा १७१ रन बनाएको थियो । युएईका लागि अश्फक अहमदले ४२ रन बनाए । त्यस्तै, युएईका एडन मुफ्तीले ३७, घुलाम सब्बिरले ३२, मोहम्मद उस्मनले २६ र शैमन अन्वारले १६ रन बनाएका थिए ।

नेपालका लागि ललित भण्डारीले ४ विकेट लिए । त्यस्तै, करण केसीले समान ३ विकेट लिए । करणले अन्तिम ओभरमा मात्रै ३ विकेट लिएका थिए । करणले अन्तिम ओभरमा २ रन दिदै उत्कृष्ट प्रदर्शनको साथ ३ विकेट लिएका हुन् । त्यस्तै, ललितनारायण राजवंशीले २ र कप्तान पारस खड्काले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्