कर्मचारी नै बैंक डुवाउन लागेपछि , अनुसन्धानका लागि प्रहरीले ब्यवसायिहरुसँग विवरण माग्यो

<span class='c1'>कर्मचारी नै बैंक डुवाउन लागेपछि ,</span> <span class='c2'>अनुसन्धानका लागि प्रहरीले ब्यवसायिहरुसँग विवरण माग्यो</span>

विराटनगर, १६ फागुन ।
बैकिङ कसुरको अभियोगमा प्रहरीले ब्यवसायिहरुसँग विवरण माग गर्न थालेको छ । राष्ट्रिय बणिज्य बैंक सुख्खा बन्दरगाहा रानीमा ९ करोड ६१ लाख ५५ हजार बैकमा दाखिला नभएको पाईएपछि ब्यवसायि कम्पनीहरुसँग विवरण माग गर्न थालेको हो । ब्यवसायिले एजेण्टलाई दिएको रकमको विवरण सहितका बिभिन्न प्रश्नहरु सहित ब्यवसायिलाई विवरण माग गरेकोहो । प्रहरीले माग गरेको विवरणमा ४ जनाले मात्र बुझाएका छन् । तर प्रहरीले कसलाई के के बिवरण माग गरिएको छ भन्ने खुलाएको छैन । प्रहरीले उक्त एकाउण्टबाट मोरङ, सुनसरी, झापा, पर्सा र काठमाण्डौ लगायतका बिभिन्न ४९ वटा कम्पनि तथा व्यवसायिहरुको नामको कारोवार भएको जनाएको छ । त्यो मध्य ४६ वटा कम्पनि तथा व्यवसायिहरुको कारोवार सुरेश क्लियरिङ एण्ड फरवार्डिङ सर्भिसको नामबाट भएको देखिएको र सम्पुर्ण कम्पनि तथा व्यवसायिहरुलाई उक्त कारोवारको भुक्तानि सम्बन्धमा यथास्थिति विवरण मात्र माग गरि अनुसन्धानमा सहयोग गर्न मात्र भनिएको मोरङका प्रहरी उपरिक्षक अरुण कुमार बिसीले जानकारी दिनुभयो ।
गत फागुन २ गते बाणिज्य बैक विराटनगर बन्दरगाहा शाखामा कर्मचारी मिलेमत्तोमा ९ करोड ६१ लाख ५५ हजार दाखिला नभएको पाईएपछि प्रहरीले भन्सार एजेण्ट करोवार गर्ने ब्यवसायिहरुसँग विवरण मागेको हो ।
सुरेश क्लियरिङ एण्ड फरवार्डिङ सर्भिसका प्रोप्राईटर बिराटनगर ७ का सुरेश बोहोरा, सोही कम्पनीका विराटनगर ७ का एजेण्ट ललित बोहोराले बैंकमा रकम बुझाउँदा वाउन्स चेक दिएका थिए । कर्मचारीको मिलेमतोमा राष्ट्रिय बाणिज्य बैक शाखा कार्यालय सुख्खा बन्दरगाहा भन्सार काउन्टर ईन्चार्ज बरिष्ठ सहायक तोर्णराज राउत बिरुद्ध पनि उजुरी परेको थियो । राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय रानी बिराटनगरका निमित्त प्रबन्धक राजेश डंगोलले उनीहरुको बिरुद्ध जाहेरी दिनु भएको थियो ।
दुई बोहरा दाजुभाई फरार भएपछि अनुसन्धानको लागि सजिलो होस भनेर वयापारीसँग पनि विवरण माग गरिएको हो । सुख्खा बन्दरगाहा कार्यालयमा अवस्थित भन्सार काउन्टर मार्फत भन्सार कार्यालयको प्रज्ञापन पत्र बमोजिमको भन्सार दस्तुर बापतको रकम भन्सार क्लियरिङ प्रयोजनार्थ भन्सार कार्यालयको खातामा जम्मा गर्ने र बैंकले भन्सार तिरेको रिसिप्ट दिने चलन रहेको छ । तर यो क्रम बैकका कर्मचारी र भन्सार एजेन्टहरु मिलेर भन्सार कार्यालयको खातामा डिपोजिट गर्नु पर्ने रकम ९ करोड ६१ लाख ५५ हजार नोक्सानी गरेको प्रहरीको अनुसन्धानबाट देखिएको प्रहरी उपरिक्षक विसीले जानकारी दिनुभयो । यो रकम २०७४ पुस ९ गते देखी माघ १९ गते सम्म ८ वटा एकाउन्ट पेयी वाउन्स चेकको हो । यही मितिमा १८ करोड ४० लाख ४४ हजार ७ सय ६५ रुपैया भने सोही तिनै एजेण्ट मार्फत जम्मा भएको देखिएको छ । ९ करोड ६१ लाख ५५ हजार भने ८ वटा वाउन्स चेकको आधारमा बैकलाई नोक्सानी पु¥याएको देखिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नविल बैंकको १, सिटिजन बैंकको ३, एभरेष्ट बैंक १, नेपाल एस बि आई वैंकको १, सिद्दार्थ बैंकको १ र नेपाल बंगलादेश बैंकको १ गरि जम्मा ८ वटा चेक वाउन्स भएको बिसीले जानकारी दिनुभयो । सबै चेक बैंकका कर्मचारीले भन्सार क्लियरेन्स रिसिप्ट भन्सार एजेन्टलाई दिएको तर उक्त चेकहरुमा पर्याप्त रकम नभएको कारण बैंकलाई ९ करोड ६१ लाख ५५ हजार बराबरको हानि पु¥याएको भन्दै प्रहरीले २ जना कर्मचारीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । गुड फर पेमेन्ट वा मेसेन्जर चेक लिनु पर्नेमा त्यसो नगरेको प्रहरीको भनाई छ ।
पक्राउ पर्नेमा भोजपुर नगरपालिका ४ का सुख्खा बन्दरगाहा रानी बिराटनगरका भन्सार काउण्टर ईन्चार्जको बैकका वरिष्ठ सहायक तोर्णराज राउत र राष्ट्रिय बाणिज्य बैंक बन्दरगाहा शाखा प्रमुख विष्णुप्रसाद निरौला आजै प्रहरीले सार्वजनिक गरेको हो । उनीहरुले भन्सार एजेण्ट सँग मिलेर बैकिङ कसुर गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबैलाई उच्च अदालत बिराटनगरमा पेश गरि म्याद थप गरि अनुसन्धान थालिएको छ । आज बिहान मात्र आवर विराटनगर डट नेटले घटना सार्बजनिक नगरेको बारेमा समाचार प्रकाशन गरे लगत्तै प्रहरीले घटनालाई पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।
प्रतिवादी तोर्णराज राउतको वयानको आधारमा बैंकका शाखा प्रबन्धक बिष्णु प्रसाद निरौलालाई पक्राउ गरिएको हो । भन्सार एजेन्ट ललित बोहरा र सुरेश बोहोरा भने फरार रहेका छन् । उनीहरुको बिषयमा खोजी भईरहेको छ ।
पक्राउ परेका ६० दिन सम्म हिरासतमा
प्रहरीले पक्राउ गरेका २ जना राउत र निरौलालाई ६० दिन सम्म अनुसन्धान गर्न सक्ने छ । अनुसन्धानका आधारमा प्रहरीले बैकिङ कसुर र सजाय ऐन २०६४ अनुसार मुद्दा दायर गर्ने जनाईएको छ । उनीहरु दोषि ठहर भए कसुरको आधारमा १० करोड सम्म बिगो भराउने तथा ४ देखि ६ बर्ष सम्म जेल जान सक्ने कानुनी ब्यवस्था भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्