कर्मचारी संयन्त्र र राजनीतिक नेतृत्व संघीयता कार्यान्वयनको चुनौति : मन्त्री आङ्बो

<span class='c1'>कर्मचारी संयन्त्र र राजनीतिक नेतृत्व संघीयता</span> <span class='c2'>कार्यान्वयनको चुनौति : मन्त्री आङ्बो</span>

विराटनगर, १६ फागुन । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले परम्परागत सोच बोकेका कतिपय कर्मचारी संयन्त्र र राजनीतिक नेतृत्व संघीयता कार्यान्वयनको चुनौति रहेको बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्रका सचिबलय सदस्यसमेत रहनुभएका मन्त्री आङ्बोले बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै संघीयता कार्यान्वयनलाई चुनौतिपूर्ण बनाउने प्रयास भइरहेको बताउनुभएको हो ।

संघीयता मास्ने र त्यो नभएर त्यसको मर्मलाई मासेर विकेन्द्रीकरणको हैसियतमा मात्र त्यसलाई सिमिति गर्ने षड्यन्त्र अहिले पनि चलिरहेको मन्त्री आङ्बोले बताउनुभयो । ‘अहिलेसम्मको राजनीतिक अनुभव र मन्त्री बनेपछिको बुझाईका आधारमा संघीयता मास्न कर्मचारी संयन्त्रको एउटा पंक्ति र राजनीतिक नेतृत्वको एउटा हिस्सा अहिले पनि प्रयासमा छ’ उहाँले भन्नुभयो, ‘अहिले स्थानीय तह र प्रदेशमा विकेन्द्रित भएको अधिकारलाई केन्द्रमा फर्काउने प्रयास अहिले पनि छ ।’

मन्त्री आङ्बोले कर्मचारीले संघीयताको मर्म नबुझेको र दलहरुले पनि त्यसलाई गहिरोसँग आत्मसाथ गर्न नसकेको बताउनुभयो। केन्द्रमा बसेर शासनमा हालीमुहाली चाहेकाहरुले संघीयता अझै स्वीकार नगरेको बताउँदै उहाँले प्रदेश सरकारमा खटाईएका कर्मचारीहरु अहिलेसम्म नआउनुका कारण पनि त्यही रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्