विराटनगरमा संचालित क्लिनिकको ठगि धन्दा, निगरानी गर्न सीसीटीभी

<span class='c1'>विराटनगरमा संचालित क्लिनिकको ठगि</span> <span class='c2'>धन्दा, निगरानी गर्न सीसीटीभी</span>

विराटनगर, १७ फागुन ।
विराटनगरमा रहेका निजी क्लिनिकहरुको ठगि धन्दाहरु फरक फरक देखिन थालेको छ । आजको उदे्घोष दैनिकले बिरामी खोज्न सीसीटीभीको सहयताबाट एजेण्टको निगरानी गरेको पाईएको लेखेको छ । बिरामीलाई झुक्याई ठुलो रकम लिएर उपचार गर्ने क्लिनिकले बिराटनगरका सडकमा खुलेयाम अपराध गर्ने गरेको पाईएको छ । बिरामी खोज्न अग्रिम रकम दिएर दलाल प्रयोग गर्ने गरेको पाईएको छ । कोठा भित्रबाट निगरानी गर्दै बाहिर दलाल परिचालन गरेर विरामी तान्नको लागि क्लिनिकहरु सक्रिय देखिएका हुन । यो समस्या लामो समय देखि बिराटनगरमा यथावत रहेको छ । विरामी खोज्न अग्रिम रकम दिएर प्रयोग भएका ब्यक्तिले सडकमा विरामी खोजे नखोजेको निगरानी गर्न सीसी क्यामेराको प्रयोग हुने गरेको हो ।
महानगरको जलजला रोड स्थित ग्रिनक्रस अस्पताल नजिकै रहेको ओमसाई ल्याव क्लिनिकले सडकमै क्यामेरा राखेर दलालको निगरानी गर्दै कानुनलाई चुनौती दिँदै आएको छ ।
यस बारेमा मोरङका प्रमसख जिल्ला अधिकारी रामप्रसाद आचार्यले घरभित्र भए आपत्ति नभएपनि निजी प्रयोजनमा सडकको दृश्य कैद गर्न राखिने क्यामेरा जफत गरिने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्