विराटनगरमा मुना मदनसँगै यसरी रोए गुरुकुलका दर्शक

<span class='c1'>विराटनगरमा मुना मदनसँगै यसरी</span> <span class='c2'>रोए गुरुकुलका दर्शक</span>

सुमन सुस्केरा, 
विराटनगर, १७ फागुन ।
मनभरीको सम्भावना अनि आँखा भरीको आँसु झार्दै ल्हासा जानै लागेको मदनको घर छोड्दाको पिडा कसैले सहन सकेनन् । श्रीमती मुना श्रीमान मदनको सम्झनामा रहपल तड्पीएकी हुन्छिन् । मुनाको पिडामा दर्शक थप बहकिन्छन् र डाको छोडेर रुन्छन् । यो बिराटनगरको गुरुकुलमा चार दिनसम्म चलेको नाटक मुना–मदनको अबस्था हो । जव मदन आफ्नो पारिवारिक समस्याको कारण पैसा कमाउन साथिभाईसँग ल्हासा जान्छन् त्यसपछि नाटकले दर्शकलाई आफ्नो बस्मा ल्याउँछ । गित गाउँदै गाउँदै दुःख कष्ट सहेर ल्हासा हिँडेका गाउँका साथिभाई जब मदन बाटोमा बिरामी पर्छ मदनलाई छाड्दाको पिडामा दर्शकले आँसु नै थाम्न सक्दैनन्। जंगलको बिचमा साथिहरुले छाडेर हिँडेका मदनलाई एकजना भोटेले फेला परेपछि नाटकलाई थप रोमाञ्चक रुपमा प्रस्तुत गरिएको छ । त्यही बेला घरमा श्रीमतिलाई मदनका साथिले मदन मरेको खबर सुनाउँछन् । त्यो खबर सुनेर मुनाको मृत्युहुन्छ । मृत्यु भएको घटना पछि घरमा छाएको वियोगको कोलाहलमा त्यही घरमा आफुलाई पात्रको रुपमा महसुस गराएर दर्शक भक्कानिएर ‘कुक्क कुक्क’को रुवाईले नरुझेका आँखाहरु पनि भिजेका देखिन्थे ।
यो नाटक हेर्दै गरेका साहित्यकारसँगै अन्य दर्शक त रोए नै, राजनीतिमा कठोर देखिएकाहरु पनि रोए । एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे, विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले पनि आँसु थाम्न सकेनन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित ‘मुनामदन’ले दर्शकले चाहे अनुसारको मनोरञ्जन प्रदान गरेको छ ।
मेयर पराजुलीले महाकवि देवकोटाको मुनामदन कृतिले नाटकमा न्याय पाएको बताउनुभयो । मुनामदनमा कलाकारहरुको जीवन्त अभिनयले दर्शकलाई मन्त्रमुग्ध वनाएको उल्लेख गर्नुभयो ।
विराट आदर्श साहित्य मञ्चको आयोजनामा गुरुकुलमा नाटक मञ्चन गरिएको हो । दर्शकको अत्यधिक चापका कारण हरेक दिन चार शोसम्म नाटक मञ्चन गरिएको थियो । अत्यधिक भीडकै कारण आयोजकले भुइँमा गुन्द्री र दरी बिछ्याएर दर्शकलाई राखिएको थियो ।
नाटकमा बिद्यार्थी कलाकार
कटुवाल दीपकले नाट्य रुपान्तरण गरेको मुनामदनको निर्देशन सुदीप कार्कीले गर्नुभएको थियो । विराटनगर र आसपासका विद्यालय र क्याम्पसले अग्रिम शो बुक गरेर विद्यार्थीलाई नाटक हेर्न ल्याएको नाट्य संयोजक कमल पोखरेलले जानकारी दिनुभयो ।
नाटकमा सरु कटुवाल, लकेश दंगाल, मनाहाङ लावती, अनु श्रेष्ठ, प्रविण राई, जिना राई, निशान मगर, सविना भट्टराई, सञ्जित राई, विकेक आचार्य र लकेश राईलगायतका कलाकारले अभिनय गरेका थिए । यो नाटक निकट भविष्यमै बंगलादेशमाल समेत मञ्चन गरिने बताइएको छ ।
नाटक मुना मदन हेरेका दर्शकले बिद्यार्थीहरुबाट भएको नाटकको खुलेरै प्रशंसा गरे । यो नाटक कलेजमा पढ्दै गरेका बिद्यार्थीहरुको लेखन र निर्देशनमा तयार भएको हो । विराटनगरमा पछिल्लो समय युवा समुह नाटकमा जमेर आउन थालेको छ । नाटक ओरालो लागेको टिप्पणी हुँदै आएकोमा यसरी नाटकलाई मुर्तता दिनको लागि युवा समातबाट भएको पहलले अब नाटकमा ठुलो संभावना रहेकोमा दुईमत नभएको राष्ट्रिय सभा सदस्य तथा कलाकार प्राज्ञ खेम नेपालीले टिप्पणी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्