ओबीकर्मी विराटनगरका रङ्गकर्मी रामभजन कामत सडकदेखि नाकासम्म

<span class='c1'>ओबीकर्मी विराटनगरका रङ्गकर्मी रामभजन</span> <span class='c2'>कामत सडकदेखि नाकासम्म</span>

प्रेम देवान
विराटनगर १७ फागुन । आवर विराटनगर डट नेट अनलाईसंग आवद्ध रहेको रङ्गकर्मी रामभजन कामतले अभिनय गरेको नेपाली चलचित्र नाका आजबाट मुलुकभरका हलहरुमा प्रर्दशन भईरहेको छ ।
एक बर्ष अगाडी देखि छायाङकनमा रहेको ठूलो पर्दाको चलचित्र नाका उपत्यका बाहिरका हलहरुमा प्रर्दशनीमा आएको हो । सिन्धुपाल्चोक र तातोपानी नाकाको आसपास चाईना बोर्डरमा छांयाङकन गरिएको नाकामा फिल्ममा विशेष गरी तस्करी सम्बन्धी बिषयबस्तु समेटिएको छ । खासगरी चाईना बोर्डरमा मानव, रक्तचन्द र सिमाला सम्बन्धि बिषय समेटिएको कलाकार रामभजन कामतले जानकारी दिए ।
सुपर स्टार मानिएका विपिन कार्की , तिब्बेतीयन अभिनेत्री थिन्ले रक स्टार गायक रविन तामाङ, पप गायक शिव मुखिया, केशव राई, अभिशेक सुवेदी, घनश्याम जोशी नाका फिल्ममा नायक नभई खलनायकको भुमिकामा देखा परेका छन् ।
कामतको अभिनय यात्रा
कामतले अभिनयको यात्रा २०५७ सालमाबाट सुरु गर्नु भएको हो । उहाँले सडक नाटकबाट अभिनय यात्रा शुरु गर्नुभएको हो । विराटनगरमा २०६२ सालमा १८ दिनसम्म चलेको महोत्सवमा प्रत्येक दिन फरक–फरक विषयमा १८ वटा नै नाटक मञ्चन गर्नै ब्यक्तिको रुपमा कामत रहनु भएका छ । समाजकमा देखिएको बिकृति र बिसंगतिलाई दरिलो प्रहार गर्ने कामतले नेपाली अभिनयको क्षेत्रमा छुट्टै स्थान बनाउनु भएको छ । अहिलेसम्म उहाँले ३ दर्जन बढी थिएटरमा नाटक, आधा दर्जनभन्दा बढी फिल्ममा अभिनय गर्नुभएको छ । यो सँगै रेडियो नाटक, सयभन्दा बढी सडक नाटकमा आफ्नो कला प्रस्तुत गरिसक्नु भएको छ ।
कामतले पहिलो मैथिली फिल्म प्रेम सफल, हुलाकी, रोमान्स, १२ नेपाली एक चिहान, नाका हुदै पोष्टप्रोडक्सनमा रहेको चलचित्र ‘हरी’ मा अभिनय गर्नु भएको छ । उहाँले विराटनगरको गुरुकुलमा मञ्चन हुने अधिकांश नाटकमा भुमिका मात्र हैन मन्च ब्यवस्थापन, निर्देशन, अभिनय लगायतका सबै क्षत्रमा उहाँको अब्बल भसमिका छ ।
नेपाली, मैथिली, भोजपुरी भाषामा पनि कामत उत्तिकै दखद भएका कलाकारको रुपमा चिनिँदै आउनु भएको छ । रंगमञ्चीय भूमिकामा हरेक भाषामा कला भर्न सक्ने गुण उहाँमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्