इटहरी १७ फागुन । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले देश निर्माणको अभियानमा जुट्न युवाहरुलाइ आग्रह गर्नुभएको छ । मुख्यमन्त्री राईले सुनसरीको रामधुनी नगरपालिकाको झुम्का जेसीजको १३ पदस्थापन तथा जेसीज भवनको उद्घाटन समारोहपछि बोल्नुहुँदै सो कुरा बताउनु भएको हो । उहाँले प्राकृतिक सम्पदाको धनी १ नम्वर प्रदेशलाई समृद्धितिर लैजान जेसीजमा आवद्ध युवाहरुको सकारात्मक सोँच र अभियानको खांचो औल्याउनुभयो । युवाहरुको साथ सहयोगबाट मात्र प्रदेशलाई समृद्धिको शिखरमा पु¥याउन सकिने उहाको भनाइ थियो ।
प्राकृतिक सम्पदा संगै जातीय विविधिता एवम संस्कार र संस्कृतिले धनी प्रदेशका रुपमा रहेको प्रदेश एकलाई समृद्धिको शिखरमा पुर्याउनका लागि विधिको शासनमा विश्वास गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । एक नम्वर प्रदेशलाई नमुना प्रदेश बनाउ घनिभूत सफल गरी प्रदेश सरकारले योजना बनाउने बताउनुभयो ।