राजसंस्थाको झल्को दिँदै प्रदेश प्रमुख कार्यालयले यसरी मनायो होली.

<span class='c1'>राजसंस्थाको झल्को दिँदै प्रदेश प्रमुख</span> <span class='c2'>कार्यालयले यसरी मनायो होली.</span>

सुमन सुस्केरा
विराटनगर, १८ फागुन ।।
एक नम्बर प्रदेशका अति विशिष्ट ब्यक्तिहरुको उपस्थिती । झ्याम् झ्याम पुर्वेली गितहरु घन्किँदै गरेका , लामबद्ध बिशिष्ट ब्यक्तिहरुको अग्रपंक्तिमा हातमा अबिर लिएर सबैलाई लगाउँदै गर्नु भएको प्रदेश प्रमुख गोविन्द बहादुर तुम्वाहाङ । कार्यक्रमलाई औपतारिकता दिन खोजेको जस्तो देखिएपनि अगाडी ब्यानर राख्ने बाहेकका कुनैपनि औपचारिक कार्यक्रम थिएन । राजाको हातबाट टिका ग्रहण गर्नको लागि लाम लागेर आशिर्वाद लिन जानेहरुको लर्को देखेका हामीले आफ्नै गाउँमा यस्तो लर्को लागेको देख्दा राजसंस्थाको प्रदेश प्रमुखले आयोजना गरेको कार्यक्रमले दिएको थियो ।
सबैजना लाईनमा बसेर फागु पुर्णिमाको शुभकामना दिन तथा एक आपसमा खुसी साटासाट गर्नको लागि प्रदेश प्रमुखको कार्यालयले यसरी शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको हो ।

राज संस्थाको झल्को दिनेगरि भएको कार्यक्रमबाट धेरै जना उत्साहित थिए । राजसंस्था ढलेको पनि एक दशक बिति सकेको छ । त्यो एक दशकको बिचमा देशमा धेरै परिवर्तनहरु आएका छन् । त्यही परिवर्तन मध्यको एक हो, हरेक प्रदेशमा पुगेको प्रदेश प्रमुखको कार्यभार । ७ वटा प्रादेशिक संरचनाको निर्माण अनी त्यसैको आधारमा प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेर आएपछि पहिलो औपचारिक निम्तो गरेर मनाईएको पर्ब होलीको पकार्यक्रमले राज्यको मससुस गर्न पाएको सहभागिले प्रतिक्रिया दिँदैथिए ।
राजसंस्थाको अन्त्य पछि पनि देशमा ठुला उथलपुथलहरु आए । देशमा २ पटक संबिधान सभाको निर्वाचन भयो । संबिधान सभाबाट संबिधान जारी भयो । राजाको ठाउँमा राष्ट्रपति आए । यही बिचमा मधेश आन्दोलन भयो, धेरैले ज्यान पनि गुमाए । तर केही महिना अघि सम्म पनि यसरी प्रदेश प्र्मुख आउने, प्रदेश कार्यान्वयनमा जाला भनेर सर्बसाधारणमा विस्वासै थिए । जव स्थानीय तहको निर्वाचन भयो त्यसपछि मात्र केही आशाका दियोहरु जनतामा बलेको थियो । सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसँगै संघियता पुर्ण रुपमा कार्यान्वयन भयो । हरेक प्रदेशमा प्रदेश प्रमुख र मुख्यमन्त्री सहितको प्रदेश सरकार बनेको छ । त्यही प्रदेश सरकारको झल्को पाएकोमा सर्वसाधारणमा खुसी छाएको थियो । प्राध्यापक डाक्टर उत्तम कुमार रेग्मीले भन्नुभयो, राष्ट्रपति कार्यालयको झल्को दिने गरि कार्यक्रम भएको देख्दा सरकार आफ्नै गाउँमा आएजस्तै लाग्यो ।

१२ बजे देखि आयोजना गरिएको कार्यक्रमलाई ब्यवस्थित पारिएको थियो । होलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना भईरहँदा सर्बसाधारणले पनि कार्यक्रममा सहभागि हुन त पाए नै निम्ता गरेरै बिशिष्ट ब्यक्तिहरुलाई बोलाईएको थियो ।
कार्यक्रममा सभामुख प्रदीप भण्डारी, आन्तरिक मामिलामन्त्री हिक्मत कार्की, सांसद मोती दुगडलगायत उद्योगी, व्यापारी, प्राध्यापक, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकारलगायतको उपस्थिति रहेको थियो । उनीहरुले एकआपसमा रंग दलेर शुभकामना आदानप्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्