मोरङमा ट्राफिक नियम उल्लंघन गर्ने १ सय ८ जना पक्राउ

<span class='c1'>मोरङमा ट्राफिक नियम उल्लंघन गर्ने</span> <span class='c2'>१ सय ८ जना पक्राउ</span>

विराटनगर, १८ फागुन
होली पर्वको अवसरमा कानुन उल्लंघन गर्ने १ सय ८ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । ईकाइहरुको पिकेट, मोवायल तथा ट्राफिक सहितको संयुक्त चेकिङको क्रममा मादक पद्धार्थ सेवन गरी सवारी चलाउने हेल्मेट नलगाई सवारी चलाउने, लाईसेन्स नभएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मादक पद्धार्थ सेवन गर्ने ३ जना, हेल्मेट नलाई मो.सा. चलाउने, लाईसेन्स नभएका, कारभेन गरी जम्मा ४ सय ३२ सवारी साधनका १ सय ८ जना मानिसहरुलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
होली पर्वलाई भय रहित, मर्यादित बनाउन पर्चा पम्प्लेट बिरतण, स्थानिय पत्रिकामा सुचना प्रकाशित, माईकिङ्गबाट प्रचार प्रसार गरिएको भएपनि कानुन उल्लंघन गर्नेलाई कार्वाही गरिएको प्रहरी उपरिक्षक अरुणकुमार बिसीले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय मोरङले बिगत वर्षमा झै यस वर्षपनि सुरक्षित र मर्यादित रुपमा होली पर्व सम्पन्न गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्