एउटै मालामा १ नम्बर प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्रीहरु….

एउटै मालामा १ नम्बर प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्रीहरु….

सुमन सुस्केरा
विराटनगर, १८ फागुन ।
आज एक नम्बर प्रदेशका प्रदेश प्रमुख मुख्यमन्त्री, मन्त्रीहरु सबैले एकै ठाउँमा होली मनाएका छन् । बिराटनगरबाट करिब ६० किलोमिटर टाढा रहेको कोशी किनारमा रहेको सुनसरीको श्रीपुर जब्दीमा पुगेर होली मनाएका हुन् । उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियैतको घरमा पुगेर सामुहिक होली खेलिएको हो । मन्त्री कुसियतको घरमा होली खेल्नको लागि मन्त्री भएकै कारण सुनसरी जिल्लाका सबै अधिकारीहरुको उपस्थीती त थियो नै ।
विराटनगरबाट पनि प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सभामुख समेतको उपस्थीती थियो । २ बजे कार्यक्रमको समय निर्धारण गरिए अनुसार एकै पटक सबै पुगेका थिए । प्रदेश प्रमुख गोबिन्द तुम्बाहाङ, मुख्यमन्त्री शेरधनराई, सामाजिक विकास मन्त्री जीवन घिमिरे र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियैत एकै मालामा फोटो समेत खिचाएका थिए ।
पहिलो पटक संबिधान कार्यान्वयनमा गएको मौका पारेर कुसियैतले आफ्नै घरमा निम्ता गरिएका १ नम्बर प्रदेशका अति विशिष्ट ब्यक्तिको उपस्थिती देखेर सर्बसाधारणको थेग्नै नसक्ने भिड लागेको थियो । मन्त्री कुसियैतले भिडि नलगाउने पटक पटक भन्दा पनि अटेर गरिएपछि सुरक्षाकर्मीको सहयोग मागिएको थियो ।
विना स्कर्टिङ प्रदेश प्रमुख र मुख्यमन्त्री गाउँमा
१ नम्बर प्रदेशको प्रमुख भनेका प्रदेश प्रमुख र मुख्यमन्त्री नै हुन । तर तिनै ब्यक्तिको सुरक्षामा खेलाँची गरिएको छ । सु्रक्षा निकायले चासो नदिँदा सुरक्षाको बिषयमा कुनै वास्ता गरिएको देखिँददैन । प्रदेश प्रमुखलाई नेपाली शेनाले सुरक्षाको ब्यवस्था मिलाएको भएपनि मुख्यमन्त्रीको सुरक्षामा १ जना शेनाको सुरक्षा गार्ड बाहेक कोही पनि सुरक्षामा दिईएको देखिएन । नेपाल भारत सिमा क्षेत्र सँग जोेडिएको श्रीपुर जब्दीमा पुगेका प्रदेश प्रमुख र मुख्यमन्त्रीमा निजी सुरक्षा गार्ड बाहेक सुरक्षाको अर्को प्रबन्ध गरिएको थिएन । एक्लो गाडीमा गाउँ सम्म पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्