विराटनगरका ब्यापारीलाई विशाखापट्टनमको प्रयोग झन्झटिलो

<span class='c1'>विराटनगरका ब्यापारीलाई विशाखापट्टनमको</span> <span class='c2'>प्रयोग झन्झटिलो</span>

विराटनगर, २० फागुन ।
करिब ६ महिना अघिदेखि नेपालले प्रयोग गर्दै आएको भारतको विशाखापट्टनम बन्दरगाहामा नेपाल सरकरको उपस्थिति नभएकाले कतिपय सामानका कन्टेनर छुटाउन गाह्रो भएको नेपाली ब्यवसायिले बताएका छन् । खासगरी साना तथा मझौला ब्यवसायीका सामान उक्त बन्दरगाहामा लामो समय रहने गरेको उनीहरुको भनाई छ ।
तर कोलकाता बन्दरगाहामा जस्तो सामान रहँदा लाग्ने कन्टेनरको विलम्ब शुल्क तिर्नु पर्ने बाध्यता विशाखापट्टनममा नरहेको ब्यवसायी तथा सरकारी अधिकारीहरु बताउँछन् । तेश्रो देशबाट सामान आयात गर्न नेपालले विगत देखि प्रयोग गर्दै आएको भारतको कोलकाता बन्दरगाहादेखि ७ सइ ५० मिलोमिटर टाढा आन्ध्र प्रदेशको बिशाखापट्टनम बन्दरगाहा पर्दछ । उक्त बन्दरगाहा मार्फत नेपालमा करिब ३ हजार कन्टेनर अहिले सम्म नेपाल आईसकेको नेपाली सामान आयातकर्ताहरु बताउँछन् । कोलकाताबाट हुने ब्यापार अहिले विस्तारै विशाखापट्टनम तर्फ सर्दै गएको ब्यापारीले बताएका छन् । उद्घोषमा खबर छ । केही समस्या परेको बेलामा सरकारी उपस्तिथि नहुँदा कन्टेनर छुटाउन समस्या हुने गरेको ब्यवसायिको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्