१ नम्बर प्रदेशमा कोलेनिका मार्फत ४७ करोड १४ लाख बजेट निकासा

१ नम्बर प्रदेशमा कोलेनिका मार्फत  ४७ करोड १४ लाख बजेट निकासा

विराटनगर, २० फागुन ।
प्रदेश १ मा सरकारले ४७ करोड १४ लाख ८८ हजार रकम निकासा गरेको छ । सरकारले प्रदेश १ को संसद भवन, प्रदेश प्रमुख र मन्त्रालयको मर्मत र ब्यवस्थापनको लागि सो रकम निकासा गरेको हो । आउने असार मसान्त भित्र खर्च गरिसक्ने गरी चालु खर्च तर्फ ३८ करोड २४ लाख ८८ हजार रुपैयाँ कोष तथा लेखा नियन्त्रक कार्यालयमा निकासा भएको छ । त्यस्तै पुँजीगत तर्फ भने ८ करोड ९० लाख आएको कोलेनिका कार्यालयले जनाएको छ । हाल सम्म कोलेनिका मार्फत मुख्यमन्त्रीको कार्यालयमा ५३ हजार र प्रदेश प्रमुखको कार्यालयमा ७ लाख १४ हजार निकासा भएको छ ।
अन्य मन्त्रालयबाट रकम निकासाको माग भई आउने क्रम रहेको कार्यालयका प्रमुख किशोर बरालले जानकारी दिनुभयो । यस आर्थिक बर्ष भित्र काम गर्ने गरी मुख्यमन्त्रीको कार्यालयमा चालु खर्च तर्फ ३ करोड ९५ लाख, पुँजीगत तर्फ १ करोड ५ लाख गरी छ करोड अख्तियारी आएको बरालले जानकारी दिनुभयो । कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्