एक नम्बर प्रदेश मन्त्री परिषद बैठक : योजना अनुगमनमा मन्त्री स्तरिय टोली

<span class='c1'>एक नम्बर प्रदेश मन्त्री परिषद बैठक</span> <span class='c2'>: योजना अनुगमनमा मन्त्री स्तरिय टोली</span>

सुमन सुस्केरा
विराटनगर, २० फागुन ।
एक नम्बर प्रदेश मन्त्री परिषद बैठकले सरकारको आगामी सय दिनको कार्यक्रम ल्याउने निर्णय गरेको छ । हरेक बिहीवार मन्त्री परिषदको बैठक बस्ने बिषयमा निर्णय गर्दै आगामी १ सय दिनमा गर्ने कामको बारेमा नितिगत निर्णय गर्न लागेको हो । सय दिनका कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको भएपनि एक सय दिने कार्यक्रम भने आगामी मंगलवार मात्र सार्बजनिक हुने छ । मन्त्री परिषदको निर्णय बारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले चालु आर्थिक बर्षको असारसम्मको बजेट तर्जुमा गरी पारित गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँले चैत १५ गते सरकारले चालु आर्थिक बर्षको बजेट ल्याएर पारित गर्ने बताउनुभयो ।
प्रदेश स्तरमा नयाँ क्यालेण्डर 
आगामी बर्ष २०७५ को लागि नयाँ क्यालेण्डर प्रदेश स्तरबाट आउने भएको छ । त्यसको लागि कानुन मन्त्रालयको सचिवको संयोजकत्वमा मुख्यमन्त्री कार्यालय सचिव, सामाजिक विकास मन्त्रालयका सचिव र एक जना पञ्चाङग निर्र्णायक समितीका सदस्य वा बिज्ञ रहनेगरी बार्षिक क्यालेण्डर बनाउन समिति बनाईएको छ । देश संघिय संरचनामा गईसकेको अबस्थामा एउटा प्रदेशको बिदा अर्को प्रदेशलाई आवस्यक नपर्ने तथा कतिपय विदाहरु कटौती गर्नुपर्ने समेत हुने भएकोले समिति बनाएर क्यालेण्डर निर्माण गर्न लागिएको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

योजना अनुगमनमा मन्त्री स्तरिय टोली
मन्त्री परिषदको बैठकले अति नै महत्वको योजना समयमै पुरा गराउनको लागि मन्त्री स्तरिय अनुगमन समिति बनेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की संयोजक रहने गरी सामाजिक विकास मन्त्री जीवन घिमिरे, आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बो, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियैत तथा मुख्यमन्त्री कार्यालयबाट प्रशासन हेर्ने सचिवलाई अनुगमन समितिको सदस्य बनाईएको छ । यस समितिले १ नम्बर प्रदेशमा भएका विकास निर्माणको कामको बारेमा अनुगमन गर्ने छ । काममा भएको ढिलासुस्तीको अन्त्य गर्नको लागि मन्त्री स्तरिय टोलीले त्यसको अबस्थाको बारेमा जानकारी लिने छ ।
स्थायी राजधानी र नामको बिषयमा छलफल शुरु
प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी र प्रदेशको नामको बिषयमा औपचारिक छलफल शुरु भएको जनाएको छ । प्रदेशर सरकारको निर्णय सार्र्वंजनिक गर्ने क्रममा सरकारका प्रवक्ता हिक्मतका कार्कीले सरकारले प्रदेशको स्थायी राजधानी र प्रदेशको नामको बिषयमा औपचारिक छलफल शुरु भएको जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्