पुराण उद्घाटन गर्न मेयर देखि मन्त्री सम्म, विराटनगरमा ई-लाईब्रेरी निर्माणको लागि महायज्ञ शुरु

<span class='c1'>पुराण उद्घाटन गर्न मेयर देखि मन्त्री सम्म,</span> <span class='c2'>विराटनगरमा ई-लाईब्रेरी निर्माणको लागि महायज्ञ शुरु</span>

नविन कर्ण
विराटनगर, २० फागुन ।
विराटनगर पोखरीयामा रहेको बिष्णुमाया पुस्तकालयलाई प्रदेश नम्बर १ कै नमुना ई लाईब्रेरी बनाउन आजदेखि महायज्ञ शुरु गरेको छ ।
बिद्युतिय पुस्तकालय (ई लाईब्रेरी) निर्माण गर्न आयोजित महापुराणको उद्घाटन र्ग पुगेका मन्त्री तथा मेयरले महायज्ञको शुरुवाती गरेका हुन । बिराटनगर अस्थायी राजधानी भएकोले प्रबिधि सिकाउन आबस्यक भएको ठान्दै विष्णुमाया पुस्तकालयबाट शूरु भएको महायज्ञले केही रकम संकलन भएर लाईब्रेरी शुरु गर्ने अबस्थामा पुग्नेमा मन्त्री र मेयरले आशा ब्यक्त गरे । कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री जिवन घिमिरे ५ दशक अघिदेखि शिक्षा र ज्ञानको ज्योति छर्दै आएको बिष्णुमाया पुस्तकालयलाई समयानकुल परिवर्तन गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले ई–लाईब्रेरी निर्माण गर्न आफ्नो मन्त्रालयबाट गर्न सकिने सम्पुर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले ऐतिहासिक बिष्णुमाया पुस्तकालयलाई ई लाइब्रेरीकोरुपमा रुपान्तरण गरेर प्रदेश नम्बर १ कै नमुना लाईब्रेरीकोरुपमा विकास गर्ने काम शुरु भएकोमा खुसी ब्यक्त गर्दै त्यसको लागि महानगर पनि सहयोग गर्न तत्पर रहेको बताउनुभयो । त्यसकालागि आउदो परिषदबाट बजेट समेत छुट्याईने आश्वासन दिनुभयो ।
आयोजक समितिका संयोजक केशवप्रसाद गौतमले २०२४ सालमा स्थापना भएको पुस्तकालयलाई विद्युतिय पुस्तकालयमा रुपान्तरण गर्दै अन्र्तराष्ट्रियस्तरको बनाईने जानकारी दिनुभयो । त्यसकालागि पुस्तकालयसंग पर्याप्त जग्गा र भवन रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्