पुर्वी नेपालमा सुन तस्करको जालो, फिरन्ते शैलीमा उर्लावारीको सोल्टी खोला किनारमा सनमको हत्या

<span class='c1'>पुर्वी नेपालमा सुन तस्करको जालो, फिरन्ते शैलीमा</span> <span class='c2'>उर्लावारीको सोल्टी खोला किनारमा सनमको हत्या</span>

सुमन सुस्केरा
विराटनगर, २० फागुन
एकाएक पुर्वी नेपालमा आपराधिक घटनाको क्रम बढेको छ । शनिवार विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित गोधुली मार्गबाट हत्या गरिएको शव सहित पक्राउ परेका ३ जनालाई प्रहरीले सार्वजनिक गर्दै पुर्वी नेपालमा पनि सुन तस्करको ठुलो जालो रहेको हुनसक्ने बताएको छ । प्रहरीले हत्यामा संलग्नहरुलाई आज सार्बजनिक गर्दै नाटकिय ढंगबाट भएको हत्याको बारेमा थप अनुसन्धान भई रहेको जनाएको छ ।
साथिभाईले नै मारे
मोरङको उर्लावारी नगरपालिका वडा नम्बर ७ का ३६ बर्षिय सनम शाक्यका नरेन्द्र कार्की, टेकराज मल्ल लगायत साथिहरु हुन । उनीहरुको पहिला देखि नै आउजाउ हुन्थ्यो । त्यो क्रम केही बर्ष अघि देखि नै जारी रहेको थियो । १७ गते पनि त्यही रुपमा सनम एकाएक गायव भए । साथिहरुसँग गएको हुनसक्ने परिवारले अड्कल काटे । अपहरणको शैलीमा यि सबैले शाक्यलाई त्यहाँबाट ईटहरीको होटेलमा लगेर एकदिन राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मोरङ जिल्लाका प्रहरी उपरिक्षक अरुणकुमार बिसीका अनुसार त्यसपछि शाक्यलाई त्यहाँँबाट सिराहा लगेको हुनसक्ने देखिएको छ । त्यहाँ केही यातना दिईएपछि शाक्यलाई फर्काएर मोरङकै उर्लावारी नगरपालिका १ स्थित सोल्टी खोलाको किनारको जंगलमा हत्या गरेको भेटिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बिसीले जानकारी दिनुभयो । हत्या भएपछि उनिहरुले सनमको शवलाई बा.१२ च ५९६३ नम्बरको स्करपियो गाडीमा हालेर उनीहरुले नहरै नहर नेपाल भारत सिमा तर्फ लैजाँदै गर्दा महानगरिय प्रहरी अपराध महाशाखा टेकु काठमाण्डौबाट खटेको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय मोरङसँग समन्व गरी खोजतलास गर्ने क्रममा शनिवार दिउँसो शव सहित ३ जना र २ वटा गाडी नियन्त्रणमा लिएको थियो । प्रहरीले अनुसन्धान गर्ने क्रममा भागरेर दक्षिण तर्फ जाँदै गरेको गाडी फेरी उत्तर तर्फ मोडिएको थियो । दक्षिणबाट उत्तर तर्फ जादै गरेको बा. १२ च. ५९६३ नम्बरको सेतो रंगको स्कारपियो र त्यही गाडीको पछाडी रहेको मे. १ च. ५३९५ नम्बरको गाडीलाई विराटनगर ३ को गोधुली मार्गमा फेला पा¥यो । चेकजाँच गर्ने क्रममा प्रहरीले एउटा गाडीमा लाश भेट्यो अर्को गाडीमा फिरन्ते रुपमा लामो समय जंगलमा बस्दै हिड्नको लागि आबस्यक पर्ने सबै बन्दोबस्तीमा समान बरामद गरेको थियो ।
चेकजाँच गर्दा उक्त गाडी भित्र कालो म्याट्रेस, त्रिपाल र तौलियाले लुकाई राखेको मृतक लाश, करेन्ट लगाउन प्रयोग गरिएका तार जोडिएका ब्याट्रीहरु समेत फेला पारेको थियो । प्रहरीले उनीहरुलाई पक्राउ गरेर सोधिखोजी गर्दा उक्त शव सनमको भएको हत्यामा संलग्नले नै बताएको प्रहरीले जनाएको छ ।
यि ब्यक्ति पक्राउ
प्रहरीले शव सहित पक्राउ गरेकोमा काभ्रे मन्डन देउपुर गाउपालिका वडा नं. १२ का टेकराज मल्ल ठकुरीले चलाएको बा. १२ च. ५९६३ नम्बरको गाडीमा शव थियो । ठकुरी सहित मे.१ च ५३९८ गाडीको चालक उर्लावारी नगरपालिका ५ का मोहन काफ्ले र सोहि गाडीमा रहेका उर्लाबारी न.पा. ७ का कृष्ण भन्ने नरेन्द्र कार्कीलाई प्रहरीले पक्राउ ग¥यो ।
हत्याको कारण साढे ३३ किलो सुन
प्रहरीले सनम शाक्यको हत्यामा संलग्न सहित २ वडा गाडी नियन्त्रणमा लिएको बिषयमा सुनको कारोवारमा कुरा नमिल्नु रहेको हुनसक्ने बताएको छ । ‘पक्राउ परेका ३ जना लगयतका अन्य मानिसहरुको समेत संलग्नतामा आर्थिक लेनदेन भएको कारणले शाक्यको हत्या भएकोे खुलेको छ, प्रहरी उपरिक्षक विसीले भन्नुभयो, ‘विगत एक महिना अघि काठमाडौंबाट हराएको लुटिएको भनिएको साढे तेत्तिस किलो सुनको विषयलाई लिएर सनम शाक्यलाई कुटपिट गरी करेन्ट लगाई त्या भएको देखिन्छ ।’ हत्या गरेको स्थलमा प्रहरीले पुगेर हत्या गरिएको अबस्थाको बारेमा जानकारी लिँदै त्यहाँबाट बियरका बोतलहरु समेत बरामद गरेको जनाएको छ । हत्या भएको स्थल उर्लाबारी नगरपालिका १ स्थित सोल्टि खोलाको किनारको जंगलमा हत्या भएको फेला परेको उपरिक्षक बिसीले जानकारी दिननुभयो । प्रहरीले हत्यको बिषयमा थप अनुसन्धान भईरहेकोले पुर्वी नेपालमा ठुलो सुन कारोवारीको गिरोह सक्रिय भएको हुनसक्ने जनाएको छ । प्ररम्भिक अनुसन्धान भएकोले त्यस बारेमा धेरै बिषय आउन सक्ने प्रहरीले अनुमान गरेको छ । पक्राउ परेका तिनै जनालाई संगठित अपराध तथा अपहरण गरी कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता गरी आजै मोरङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेको छ ।
प्रहरीले यसरी हत्यामा संलग्नसँगै उनीहरुले प्रयोग गरेका बन्दोबस्तीका सामानहरु समेत सार्बजनिक गरेको छ । हत्यामा प्रयोग भएका ब्याट्री, तार, झिर, बोवाईल, खाना बनाउन प्रयोग भएको जुठो भाँडा सहितको डेक्ची, माछा मार्ने जाली, म्याट्रेस, लत्ता कपडा, पानी भएको ड्रम, करेन्ट लगाउन प्रयोग भएको पाईप लगायतका एउटा घरमा आबस्यक पर्ने सबै खालका सामान प्रहरीले सार्वजनिक गरेको हो । एउटा गाडीमा लाश राखिएको प्रहरीले फेला पारेको थियो भने एउटा गाडीमा यि सबै बन्दोबस्तीका सामाग्री फिरन्ते अबस्थामा सबै सामान बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्