हुलाकी राजमार्ग निर्माणको १२ बर्ष, अधिकांश खण्डमा पैदल यात्रा गर्न समेत कठिन

हुलाकी राजमार्ग निर्माणको १२ बर्ष, अधिकांश खण्डमा पैदल यात्रा गर्न समेत कठिन

विराटनगर, २१ फागुन ।
तराई–मधेशको लाईफलाईन हुलाकी राजमार्ग १२ बर्ष बित्नै लाग्दा पनि सम्पन्न हुन सकेको छैन। २०६२/६३ को राजनीतिक परिवर्तन लगतै निर्माण थालिएको राजमार्ग निर्माणको काम निकै सुस्त गतिमा अघि बढेको छ । सप्तरी देखि झापा सम्म २ सय २५ किलो मिटर सडकको अधिकांश खण्डमा पैदल यात्रा गर्न समेत कठिन छ । कतिपय स्थानमा कच्ची ट्रयाकको नामोनिसान छैन । निर्माणाधीन सडक पनि अलपत्र अबस्थामा रहेको छ । सप्तरी देखि भद्रपुर सम्म चारपाङ्ग्रे सवारी सवारी चल्ने अबस्था छैन । ईटहरीस्थित हुलाकी राजमार्ग आयोजनाका प्रमुख शैलेन्द्रमणी त्रिपाठीले चालु आर्थिक बर्षको लागि ३८ करोड रुपैयाँ निकासा भएको जानकारी दिनुभयो । उक्त बजेटमा सप्तरीमा दुई करोड माथिका सानाठुला गरी १२ पुल निर्माणाधीन छन् । पहिलो चरणमै ३३ प्रतिशत का अलपत्र परेकोले बाँकी ६६ प्रतिशत काम बारे थप अन्यौल छ । सुनसरीको केशलिया–चिमडी–हरिनगरा–लौकहीसम्मको २४ किलोमिटर सडक १ अर्ब रुपैयाँ लागतमा शर्मा विकोई कष्ट्रक्सन काठमाण्डौले जिम्मा लिएको छ । मोरङको कानेपोखरी–रंगेली सहायक मार्ग पनि कालोपत्रेका लागि ठेक्का भईसकेको छ । उक्त सडक खण्डमा ६६ वटा कल्भर्ट निर्माण गरी २४ महिनामा काम सक्ने गरी काम थालिएको त्रिपाठीले जानकारी दिनुभयो । झापासँग जोढ्ने रतुवामाई पुल निर्माण भएको १० बर्ष बितिसकेको छ ।तर अहिले सम्म तटबन्ध निर्माणको काम पुरा नहुँदा कुनै सवारी चलाउने अबस्था छैन । पुल प्रयोग बिहिन अबस्थामा पुगेको छ । खोलालमा तटबन्ध नबनाईँदा खेला एकातिर बगेको छ भने पुल अर्कैतिर छ । पुर्व पस्चिम राजमार्गबाट २० देखि ३० किलोमिटर दक्षिण तर्फ समानान्तर रुपमा रहेको सडक नै हुलाकी राजमार्ग हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्