प्रहरीले विराटनगरमा भारतिय गाडीको सिटमुनी ४५ लाख भेटेपछि ..

<span class='c1'>प्रहरीले विराटनगरमा भारतिय गाडीको सिटमुनी</span> <span class='c2'>४५ लाख भेटेपछि ..</span>

विराटनगर, २२ फागुन ।
प्रहरीले भारतीय गाडीमा रहेको ४५ लाख रुपैयाँ सहित एकजनालाई पक्राउ गरेको छ । आज विहान भारतको जोगबनीबाट बिराटनगर तर्फ आउदै गरेको भारत अररीया फारबिसगञ्जका नारायण शाहलाई बिराटनगर ५ बाट पक्राउ गरेको हो ।
भारतिय बिआर ११ एए६२६५ नम्बरको कारलाई चेक जाँच गर्ने क्रममा प्रहरीले गाडीबाट ४५ लाख नगद बरामद गरेको हो । ड्राईभरको सिटमुनी हालेर जोगवनीबाट नेपाल तर्फ ल्याउँदै गरेको अबस्थामा कारका चालक साह सहित कारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक अरुण कुमार विसीले जानकारी दिनुभयो ।
चालक साहसँग रकमको सन्दर्भमा सोधपुछ भईरहेको प्रहरीले जनाएको छ । बरामद भएको रकममा एक हजार दरका ३ हजार ४ सय थानको ३४ लाख, पाँच सय दरको दुई हजार एक सय थानको १० लाख ५० हजार र एक सय दरका पाँच सय थानको ५० हजार गरी ४५ लाख बरामद भएको प्रहरी उपरिक्षक बिसीले जानकारी दिनुभयो ।
विगतमा पनि यसैगरी बिभिन्न रकमको कारोवार हुँदा प्रहरीले हुण्डीको कारोवारमा संलग्नहरुलाई पक्राउ गर्दै आएकोमा यो पनि हुण्डिको कारोवारी भएको हुनसक्ने प्रहरीको अनुमान छ । हुण्डिका कारोवारीहरु पछिल्लो समय पुर्वी नेपालमा बढ्दै गएको हुनसक्ने प्रहरीको भनाई छ ।
यतिका ठुलो परिमाणमा बरामद भएको रकमको बारेमा कहाँ र किन लग्दै गरेको भन्ने समेत प्रहरीले जनाएको छैन । अनुसन्धानमा मै रहेकोले अहिले नै यसै भन्न नसकिने उपरिक्षक बिसीको भनाई छ ।
यसरी पक्राउ परेको रकमको सन्दर्भमा अनुसन्धान पछि सम्पति शुद्धिकरण वा राजश्व अनुसन्धानमा मुद्दा चलाउने भन्ने अनुसन्धानबाट नै खुल्ने प्रहरीको भनाई छ । यसको थप अनुसन्धानको लागि काठमाण्डौ पठाउने प्रहरीको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्