विद्यादेवी भण्डारी फेरी राष्ट्रपति हुने, झलनाथ खनाल र सुवास नेम्वाङ ओझेलमा

<span class='c1'>विद्यादेवी भण्डारी फेरी राष्ट्रपति हुने, झलनाथ</span> <span class='c2'>खनाल र सुवास नेम्वाङ ओझेलमा</span>

काठमाडौं, २३ फागुन ।

नेकपा एमालेले राष्ट्रपतिमा विद्या भण्डारीलाई नै निरन्तरता दिने  निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मध्यरातमा सम्पन्न स्थायी कमिटी बैठकले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए ।

एमालेमा राष्ट्रपतिमा भण्डारीसहित नेता झलनाथ खनाल र सुवास नेम्वाङसमेत आकाँक्षी थिए । तर दुई नेतालाई पाखा लगाउदै भण्डारीले नै बाजी  मारेकी हुन् ।

२९ फागुनमा हुने निर्वाचनका लागि बुधबार मनोनयन दर्ताको कार्यक्रम  छ । वाम गठबन्धनको साझा उम्मेदवार हुने भएकाले भण्डारीको जीत लगभग निश्चित छ । एमाले  र माओवादी केन्द्रबीच  राष्ट्रपति एमाले र सभामुख  माओवादीबाट  हुने सहमति यसअघिनै भैसकेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्