कोशी अञ्चल अस्पतालमा अब निर्धारित समय कार्यालय नबस्ने डाक्टर कर्वाहीमा

<span class='c1'>कोशी अञ्चल अस्पतालमा अब निर्धारित</span> <span class='c2'>समय कार्यालय नबस्ने डाक्टर कर्वाहीमा</span>

सुमन सुस्केरा
विराटनगर, २३ फागुन ।
कोशी अञ्चल अस्पतालका डाक्टरहरुले कार्यालय समय भित्रै सेवाग्राहीलाई सेवा नदिएको ब्यापक गुनासो आएको सन्दर्भमा अब कडाई गरिने भएको छ । नेपाल सरकारको मापदण्ड बाहिर गई कार्यालय समयमा पनि बाहिरको काम गरेको पाईएपछि कडाई गर्न लागिएको हो ।
सामाजिक विकास मन्त्रालयले कोशी अञ्चल अस्पतालको सेवा सुधारका सन्दर्भमा आज मन्त्रालयमा गरेको छलफलमा कोशी अञ्चल अस्पतालको सुधारको लागि पहिलो काम डाक्टरहरुलाई कानुन अनुसार निर्धारित समयमा कार्यालयलाई अनिवार्य गरेको हो । यदी नियम मिचेर कोही डाक्टर जनताको सेवा छाडेर बाहिर जान्छ भने कार्वाही गरिने भएको छ । कोशी अञ्चल अस्पतालको संचालक समिति, मेडिकल सुपरिटेण्डेन्ट, नर्सिङ विभाग, कर्मचारी प्रशासनका प्रमुखसँग छलफल पछि पहिलो काम डाक्टरलाई कडाई गरिने तयारी भएको हो ।
अस्पतालको मुख्य गेटमा निगरानीको लागि सिसी क्यामेरा जडान गरिने र कार्यालय समय बिहान ९ बजे देखि दिउँसो २ बजेसम्म कार्यालय नबस्ने डाक्टरलाई कार्वाही गरिने कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रोशन पोखरेलले प्रतिबद्धता जनाउनु भयो । यसको लागि सामाजिक विकास मन्त्रालयले समेत निगरानी बढाउने छ ।
कोशी अञ्चल अस्पतालमा अहिले डाक्टरहरु हरेक दिन बिहान ११ बजे आएर १२ बजेर अस्पताल छाडेर क्लिनिक धाउने गरेका छन् । त्यसलाई रोक्नको लागि पहिलो चरणमा जनताको स्वास्थ्यलाई ध्यान दिएर डाक्टरलाई बिहान ९ बजे देखि २ बजे सम्म कार्यालयमा अनिवार्य गरिएको र त्यसको अटेर गरे कार्वाही प्रक्रिया अघि बढाईने जनाईएको छ ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेसँग भएको छलफल पछि अस्पतालले पहिलो चरणमा डाक्टरलाई कार्यालय समयलाई अनिवार्य गराउने, अस्पताल सरसफाईमा ध्यान दिने, ओपिडी डाक्टर सेवालाई प्रभावकारी बनाउन तत्काल पहल थालिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर पोखरेलले प्रतिबद्धता जनाउनु भयो ।
यी डाक्टर  समस्या  
कोशी अञ्चल अस्पतालको सेवा सुधार्नको लागि डाक्टरलाई अनिवार्य कार्यालय समय कार्वान्वयन गरिने बताई रहँदा केही डाक्टरहरु समस्याको रुपमा देखिएका छन् । कोशी अञ्चल अस्पतालमा लामो समय देखि कार्यरत रहँदै आएका केही डाक्टरहरुलाई यस अघि पनि कार्यालय समयमा बस्न अस्पताल प्रशासनले पटक पटक जानकारी गराउँदै आएको भएपनि ४ जना डाक्टर समस्याको रुपमा देखिएका छन् ।
अस्पताल प्रशासन श्रोतका अनुसार केही डाक्टरले आफ्नो क्लिनिक संचालन गर्दै आएकोले पुर्ण समय अस्पताललाई नदिने गरेका हुन । अस्पताल श्रोत भन्छ, ‘केही डाक्टरहरुलाई बिहान ९ बजे देखि दिउँसो २ बजे सम्म नियमित आफ्नो ड्युटिमा रहन भनिएपनि अटेर गर्दा ३ पटक भन्दा बढी स्पष्टिकरण सोधिसकिएको छ ।’ तर पटक÷पटक सचेत गराउँदा समेत अटेर गर्ने डाक्टरहरुले धेरै पटक स्पष्टिकरण खाईसकेका छन् । यि डाक्टरले बिभिन्न बहानावाजी गर्दै आएका छन् । त्यसरी अटेर गर्ने डाक्टरहरुमा मेडिकल विभागका डाक्टर प्रमोद राय, बच्चा विभागका डाक्टर बिमल अग्रवाल, विनोद विराजी र ईमर्जेन्सी विभागका डाक्टर आरके सिंह रहेका छन् । यि डाक्टरहरुले बढीमा २ घण्टा पनि बिरामीको जाँच नगर्ने अस्पतालका कर्मचारी बताउँछन् । यसलाई ब्यवस्थित गर्नको लगि अस्पताल प्रशासनले ईलेक्ट्रिक हाजिर, सिसि क्यामेरा जडान गरेको भएपनि यि डाक्टरहरुले अटेर गर्दै आएको बताईन्छ ।
प्रदेश अस्पतालको तयारी
पुर्बकै सबै खालको सेवा प्रवाह गर्दै आएको अस्पताललाई पहिलो चरणमा सरसफाई, डाक्टरको नियमित उपस्थिती र ओपिडी सेवा प्रभावकारी बनाउने काम शुरु भएसँगै प्रदेश अस्पतालको रुपमा स्थापित गराउन काम थालिने भएको छ । तत्काल अस्पताल प्रशासनले गर्न सक्ने काम शुरु गरेपछि सामाजिक मन्त्रालयको पहलमा विराटनगर महानगरपालिका, अस्पताल सेवा विकास समिति, अस्पताल प्रशासन बिच चौ–पक्षिय छलफल गरेर काम थालिने भएको हो । ‘हामीले कोशी अञ्चल अस्पतालाई के–के सुबिधा थप्दा प्रदेश अस्पताल बनाउन सकिएला भन्ने बिषयमा पनि छलफल ग¥यौँ, मन्त्री घिमिरेले भन्नुभयो, ‘त्यसको लागि धेरै सामान थपि रहनु जरुरी देखिएन केही बिषयमा ध्यान दियो भने नमुनाको रुपमा कोशी अञ्चल अस्पताललाई प्रदेश अस्पतालको रुपमा लग्न सकिन्छ ।’
त्यसका लागि विराटनगर महानगरपालिकाको पनि भुमिका हुने हुँदा मन्त्रालय, महानगरपालिका, अस्पताल संचालक समिति र अस्पताल प्रशासन बसेर अस्पताल सुधारका योजना बनाईने मन्त्री घिमिरेको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्