एसईई परीक्षाको तयारी पूरा, आउँदो चैत्र ८ गतेदेखि सुरु हुने

एसईई परीक्षाको तयारी पूरा, आउँदो चैत्र ८ गतेदेखि सुरु हुने

कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले परीक्षाको तयारी पूरा भएको जानकारी दिँदै परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तर पुस्तिका जिल्ला जिल्ला पठाउने काम सकिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘परीक्षाको तयारी पूरा भएको छ, प्रश्नपत्र र उत्तर पुस्तिका जिल्ला पठाइएको छ, अन्य सामाग्रीहरु पनि जिल्ला पठाइएको छ ।’

परीक्षामा यसवर्ष नियमिततर्फ ४ लाख ५२ हजार र एक्जाम्टेड तथा प्राविधिक विषयमा ३३ हजार विद्यार्थी गरी कूल ४ लाख ८५ हजार विद्यार्थी परीक्षामा सहभागी हुने उहाँको भनाई थियो । परीक्षाका लागि देशभरमा १ हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिनुभयो ।

बिहान ८ बजे देखि ११ बजेसम्म हुने परीक्षाको पहिलो दिन चैत ८ गते अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । चैत २० गतेबाट प्राविधिकतर्फ परीक्षा समेत सम्पन्न हुनेछ । परीक्षामा १ हजार ९ सय ५६ केन्द्राध्यक्ष,  ३ हजार ९ सय १२ सहायक केन्द्राध्यक्ष, २३ हजार  निरीक्षक खटिने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्