ओबी समाचार प्रभाव :जैनभवनको समाचार प्रकाशित भएपछि महानगरले २४ घन्टा नवित्दै एक्सन लियो।

<span class='c1'>ओबी समाचार प्रभाव :जैनभवनको समाचार प्रकाशित भएपछि</span> <span class='c2'>महानगरले २४ घन्टा नवित्दै एक्सन लियो।</span>

प्रेम देवानविराटनगर २५ फागुन । विराटनगरमा रहेको जैनभवनको चरम लापरवाही, शौचालयको फोहोर सडकमा (कार्वाहीमा महानगर निरिह ) भन्ने शिर्षकमा फागुन २४ गते आवर विराटनगर डट नेटमा समाचार प्रकासन भएसंगै उत्त समाचारको प्रभाव परेको छ ।

आवर विराटनगर डट नेटले जैनभवनको शौचबाट निस्किएको फोहोर जन्यपदार्थबाट विराटनगर ७ का स्थानियबासी पिडीत भएर हैरानी भएसंगै सात घुम्तीका स्थानियवासीद्धारा सडक अवरोध भनेर फागुन २४ गते मुख्य समाचारको विषय बनाएर समाचार प्रकासन गरेको थियो ।

आवर विराटनगर डट नेटमा आएको यस्तो सनसनीपुर्ण समाचार विराटनगरवासीले हेरेर महानगरले यसको कार्यबाही गर्नुपर्छ भनेर आवाज उठाएसंगै विराटनगर महानगरपालीकाले पनि यस विषयमा गम्भीर भएर ध्यानअकर्षण जनाएको छ । सामाचार प्रकासन भएका २४ घन्टा पनि वित्न नपाउदै विराटनगर महानगरपालीकाका मेयर भीम पराजुलीले स्वयम जैन भवनको ढलबाट निस्कीएको फोहोर जन्य पदार्थको स्थगलत अनुगमन गरे ।

जैन भवनको ढलबाट निस्कीएको दुर्घन्धीत फोहोर जन्य तरल पदार्थ हेरेर मेयर पराजुलीले आफै मुख छोप्दै नालामा निस्कीएको अवस्था हेरे । अत मेयर भीम पराजुलीले जैन भवन प्रशासनलाई सचेत गराएको मेयर पराजुलीका प्रेस संयोजक कौशल निरौलाले आवर विराटनगर डट नेटलाई जानकारी गराए । मेयर भीम पराजुली स्वयम स्थलगत अनुगमन गर्नुभएको छ, त्यहाँको वस्तुस्थिती हेरीसकेर जैनभवनलाई उप्रन्त भवनबाट निस्कीएको फोहोर जन्य पदार्थ नफाल्न पत्र समेत पठाएकोे उल्लेख गरे ।

जैन भवनबाट निस्कीएको फोहोर जन्य पर्दाथबाट विराटनगर वडा नम्बर ७ स्थित सातघुम्ती रोडका स्थानियवासी यतिबेला े शौचलयबाट नालामा निस्कीएको दुर्घन्धीत गन्धको समस्याबाट पिडीत भईरहेका छन् । यसरी लामो समयदेखि दुर्घन्धबाट पिडीत भएका स्थानियवासीले गत बुधबार सात घुम्ती मोडमा केही बेर यातायात अबरोध नै गरी सडक जाम गरेका थिए । यसरी आफ्नै वडामा भएको यस्तो दुरदर्शा हेर्न वडा नम्बर ७ वडा अध्यक्ष मधु तिवारी स्वयमले अनुगमन पनि गरेका थिए ।

सातघुम्ती रोडका स्थानियवासी जैनभवनबाट नालामा निस्कीएको दुर्घन्धीत हावालाले बालबालिका विरामी भएर अस्पतालमा भर्ना सम्म हुन पुगेको र घरमा बसेर खानपिन गर्न पनि गाह्रो हुने गरेको स्थानिय बज्रङलाल अग्रवालले गुनासो गरेका थिए ।

अग्रवाल मात्र हैन स्थानिय व्यापारी तथा सर्वसाधरणलाई पनि हिडडुल गर्न निकै समस्या पर्दै आएको छ । जैनभवनको शौचालयबाट निस्कीएको दुर्घन्दित पानी नाला भरीएर बाटो हिलाम्मे देखिन्छ अझै पनि ।

अहिले उत्त स्थानमा तपाई, हामी जो कोही पनि मुख र नाक नछोपी हिड्न सक्ने अवस्था नै छैन । नाला भरिएर पानी माथी सडकमा नै बगिरहेको हुन्छ । नालामा पुरै जैनभवनबाट निस्कीएका फोहोर जन्य पदार्थ भरिएर सडकमा नै पानी निस्कीएको तस्वीरमा पनि देख्न सकिन्छ ।

यस्तो थियो समाचार : 

https://www.youtube.com/watch?v=-Z4_2KFQD_M&t=26s

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्