आजदेखि भारतको चुनावको कारण बिराटनगर-जोगबनी सिमा आइतबार सम्म शिल हुने

आजदेखि भारतको चुनावको कारण बिराटनगर-जोगबनी सिमा आइतबार सम्म शिल हुने

सुमन तिमल्सिना बिराटनगर, २५ फागुन, भारतको अररिया जिल्लामा हुने चुनाब लाई लछित गरि नेपाल भारत सिमा सिल हुने भएको छ । दोहोरो सुरक्षा अधिकारीहरु बिच भएकोे सहमती पछि आज साझ ७ बजे देखि आइतबार साझ ७ बजे सम्म सिमा सिल भएको जिल्ला प्रशासन कार्यालय मोरङ ले जनाएको छ । सर्ब साधारणले सो समयमा आउजाउ गर्न नपाउने प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचर्यले जानकारी दिनुभयो । सिमाना सिल हुदा मोरङको जोगबनी नाकामा समस्या हुने छ ।

सिमासिल ७२ घन्टाको हुने जनाएको छ । नेपाल र भारत को संयुक्त सुरक्षाको बैठकद्वारा नेपालमा चुनाब हुदा भारतले सहयोग गर्दै आएको छ भने भारतमा चुनाब हुँदा  नेपालले सहयोग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्