विरेन्द्र झाको गितमा विराटनगर ६ का वडा अध्यक्ष बिजय कामतको अभिनय

<span class='c1'>विरेन्द्र झाको गितमा विराटनगर ६ का</span> <span class='c2'>वडा अध्यक्ष बिजय कामतको अभिनय</span>

विराटनगर, २८ फागुन । गायक बिरेन्द्र झाको नयाँ गितको भिडियो सार्वजनिक भएको छ । जजित झाले लेखेको ‘माथा पर चम्कैले अहाके बिन्दीया’ बोलको मैथिली गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

वीरेन्द्र झाको संगीत र स्वर रहेको गीतमा स्नेहा झाले पनि स्वर दिएकी छन् । सो गीतमा विराटनगर महानगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष बिजय कामत र कुसल चौधरीले अभिनय गरेका छन् । गीतको छायाङ्कन छ महिनाअघि विराटनगर आसपासका क्षेत्रमा गरिएको थियो ।

गायक झाले नेपाली, मैथिली तथा भोजपुरी भाषमा करिब दुईसय गीतमा स्वर दिएका छन् । नाताले उदीतनारायण झाका भतिज वीरेन्द्र हिन्दी गीतको पनि तयारी गरिरहेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्