आज नेपालले समूह चरणको अन्तिम खेलमा हङकङसँग भिड्दै

आज नेपालले समूह चरणको अन्तिम खेलमा हङकङसँग भिड्दै

जिम्बावेमा जारी आइसीसी क्रिकेट वर्ल्डकप छनौट प्रतियोगितामा आज नेपाललेसमूह चरणको अन्तिम खेलमा हङकङसँग भिड्दैछ ।

दुवै टोलीका लागि यो खेल उत्तिकै महत्वपूर्ण छ । यसअघि लगातार ३ खेल हारेको नेपाल अंकविहीन हुँदैे समूह बी को सबैभन्दा पुछारमा छ । उता ३ मध्ये १ खेल जित्दै २ अंक जोडेको हङकङ अफगानिस्तानसँग रनरेटमा पछि पर्दै चौथो स्थानमा छ । समूह बी बाट घरेलु टोली जिम्बावे र स्कटल्याण्ड लगातार ३ खेल जित्दै यसअघि नै सुपर सिक्समा पुगिसकेका छन् । त्यसैले नेपाल र हङकङबीचको खेल सुपर सिक्समा पुग्ने तेस्रो टोलीको लागि निर्णायक मानिएको छ ।

यस खेलमा हङकङ विजयी भए ४ अंक जोड्दै समूहमा तेस्रो भएर सुपर सिक्स पुग्नेछ । यसअघि सम्पन्न खेलमा नेपाल जिम्बाबे, स्कटल्याण्ड र अफगानिस्तानसँग पराजित भएको थियो । नेपाल सुपर सिक्समा पुग्न असफल भएमा वान डे मान्यता पाउने बाटो अझै कायम रहनेछ तर त्यसका लागि अफगानिस्तान सुपर सिक्समा पुग्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्