BREAKING NEWS : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगला विमान दुर्घटना, ६७ जना यात्रु लिएर ढाकाबाट उडेको थियो

<span class='c1'>BREAKING NEWS : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगला विमान</span> <span class='c2'>दुर्घटना, ६७ जना यात्रु लिएर ढाकाबाट उडेको थियो</span>

काठमाडौं, फागुन २८  । फुटबल मैदानमा चिप्लिएर अवतरणका क्रममा दुर्घटनामा परेको यूएस बंगलाको विमानमा ६७ यात्रु भएको बीबीसी बंगलाले जनाएको छ । 

तस्बिर- विष्णु सापकाेटा

स्थानीय समय अनुसार सवा १२ बजे बंगलादेशको हजरत शाहजलाल अन्तराष्ट्रिय विमानस्थलबाट उडेको एसटु-एजीयू कल साइन रहेकाे त्याे विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको हो ।

आगलागीमा परि घाइते भएकाहरुमध्ये २० जनाको उद्धार भएको बताइएको छ । तर दुर्घटनाको पूर्ण विवरण भने आएको छैन । घाइतेहरुमध्ये केही सिनामंगलमा रहेकाे केएमसी अस्पताल तथा केहीलाई हेलिकप्टरमार्फत अस्पतालमा लगिएकाे छ ।

अहिले दुर्घटनाका बारेमा जानकारी लिन गृहमन्त्री रामबहादुर थापा विमानस्थल पुग्नु भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्