BREAKING: दुर्घटनाग्रस्त विमानबाट २३ जनाको शव निकालियो, प्रधानमन्त्री ओली आफैं पुगे विमान दुर्घटनास्थल

<span class='c1'>BREAKING: दुर्घटनाग्रस्त विमानबाट २३ जनाको शव निकालियो,</span> <span class='c2'>प्रधानमन्त्री ओली आफैं पुगे विमान दुर्घटनास्थल</span>

काठमाडौं, २८ फागुन– वंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडान भरेको यूएस बंङ्ला विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ ।

विमान अवतरणका क्रममा रनवेबाट उछिट्एिपछि आगलागी भएको थियो ।

दुर्घटनाग्रस्त विमानबाट २३ जनाको शव निकालिएको विमानस्थल पुगेका डिआईजी वम बहादुर भण्डारीले जानकारी दिए ।

१६ जनालाई उद्धार गरिएको छ । घाइतेलाई सिनामंगल नर्भिक लगायतका अस्पताल लगिएको छ ।

बंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडान भरेको यूएस बङ्ला विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ । अवतरणको क्रममा रहेको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेटमा रनवे मा दुर्घटनामा परेको हो ।

दुर्घटना लगत्तै विमानमा आगो लागेको थियो । विमानमा आगोलागेपछि काठमाडौं, भक्तपुर, ललितपुरको अग्नी नियन्त्रक बारुण यन्त्र विमानस्थल पुगेका थिए । नेपाली सेना, प्रहरी,शसस्त्र प्रहरी, विमानस्थलका कर्मचारीले घाइेतेको उद्धार गरेका थिए ।  घाइते मध्ये  ३३ जना नेपाली रहेका छन् ।

विमानमा आगलागी भएपछि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापासहितका सरकारी अधिकारी विमानस्थल पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्