Update : यूएस बंगलाको विमान दुर्घटनामा हालसम्म ४८ जनाको मृत्युको पुष्टि

Update : यूएस बंगलाको विमान दुर्घटनामा हालसम्म ४८ जनाको मृत्युको पुष्टि

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटनामा ४८ जनाको मृत्यु भएको छ ।

अवतरणका क्रममा जहाज चिप्लिएर दुर्घटनामा परेको हो । उद्धारमा खटिएका प्रहरीका अनुसार करिब १४ जनाको जिवितै उद्धार गरिएको छ ।  विमानस्थलमा रहेका एसएसपी पूर्णचन्द्र जोशीका अनुसार विमानस्थलमा ३५ र अस्पताल लगिएका ९ जनाको मृत्यु भएको छ ।

घाइते केहीको अस्पतालमा उपचार भइरहेको छ भने उपचारमा रहेकाहरुको पनि अवस्था चिन्ताजनक रहेको छ । अझै पनि उद्धार कार्य जारी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्