प्लेन दुर्घटनामा भाग्यले यसरी बाँचे विराटनगरका बसन्त बोहरा

प्लेन दुर्घटनामा भाग्यले यसरी बाँचे विराटनगरका बसन्त बोहरा

विराटनगर, २८, फागुन । हामी बंगलादेशमा भएको एउटा तालिममा सहभागी हुन गएका थियौं । हामी विभिन्न ट्राभल एजेन्सीमा काम गर्ने १६ जना नेपाली थियौं । खासमा हिजो उड्नुपर्ने विमान आज उड्यो । हामी बंगलादेशबाट राम्रै तरिकाले आइरहेका थियौं । जब काठमाडौंमा ल्यान्ड गर्ने बेला भयो विमान अर्कै तरिकाले उडेको जस्तो अनुभव भयो ।

विमानमा १६ जना काठमाडौंका विभिन्न ट्राभल एजेन्सीका कर्मचारीहरु रहेको खुलेको छ। रस्विता ईन्टरनेशनल ट्राभल्स एण्ड टुर्सका कर्मचारी बसन्त बोहोरा, लक्की ट्राभल्सका कर्मचारी सनम शाक्य सहित विभिन्न १६ ट्राभल्स एजेन्सीका कर्मचारीहरु दुर्घटनाग्रस्त विमानमा यात्रारत रहेका थिए। (बसन्त बोहोरा, रस्विता ईन्टरनेशनल ट्राभल्स एण्ड टुर्सका कर्मचारी सँग  कान्तिपुरकर्मी जनकराज सापकोटाले गरेको कुराकानीमा आधारित ) साभार कान्तिपुर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्