आईसाको हत्या भएको भन्दै परिवारद्धारा ३ जनालाई किटानी जाहेरी

आईसाको हत्या भएको भन्दै परिवारद्धारा ३ जनालाई किटानी जाहेरी

विराटनगर, २९ फागुन  । 
आर्थिक अबस्था कमजोर रहेकी गुल्जारी चौधरीले आफ्नो छोरी आईसाको हत्या भएको किटानी जाहेरी पठाउनु भएको छ । मोरङ प्रहरी मार्फत महानगरिय प्रहरी परिसर ललितपुरको नाममा जिल्ला प्रहरी कार्यालय मोरङ जाहेरी बुझेर पठाएको हो ।
मोरङ प्रहरीले अधिकारकर्मीहरुरको दवाव पछि ललितपुरमा संकास्पद मृत्यु भएकी मोरङको कटहरीकी आइसा चौधरीको किटानी जाहेरी लिएर ललितपुर प्रहरीलाई पठाएको जनाएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका ३का बिनय दाहाल र लिना सिलवाल (दाहाल)को घरमा घरेलुकामदार १७ बर्षीया आइसाको चार दिन अघि संकास्पद मृत्यु भएको थियो ।
ललितपुरको सातदोबाटो प्रहरी वृतले आत्मा हत्या भएको भन्दै आइसाकी आमा गुलजारीदेवी चौधरीलाई शनिबार लास वुझाएको थियो । मंगलबार मोरङ प्रहरीले गुलजारीको जाहेरी लिएर ललितपुर प्रहरीलाई पठाएको छ ।
मोरङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक अरुणकुमार बिसीले घटना ललितपुरमा भएको कारण छानबिन लगायतको प्रक्रिया त्यहीको प्रहरीले गर्ने भएको कारण महानगरीय प्रहरी परिसर ललितपुरलाई पठाएको जानकारी दिनुभयो । सुकुम्बासी परिवारका गुलजारीले काठमाडौं जानआउन खर्चको अभाव भएकोले जिल्ला प्रहरी मोरङमार्फत जाहेरी पठाएको बताउनुभयो ।
जाहेरीमा आइसालाई बलत्कार गरेर हत्या गरेको उल्लेख छ । उक्त घटनामा बिनय र उहाँका सासुससुरा विराटनगर ७ का गीता सिलवाल र केशब सिलवाल बिरुद्ध किटानी जाहेरी जिल्ला प्रहरी कर्यालय मोरङमार्फत महानगरीय प्रहरी परिसर ललितपुरमा पठाइएको हो । आइसास“ग होली पर्वको दिन १७ गते अपरान्ह फोनमा कुरा भएको थियो त्यसपछि कुरा नभएको गुलजारीले जानकारी दिनुभयो । पारिवारिक श्रोतका अनुसार होलीपछि २५ गते शुक्रबार गीता र केशवले कटहरीको खोरियाका जयप्रकाश राजबंशीमार्फत आइसाले सुनको गहना र नगद चोरी गरेको खबर पठाएका थिए ।
‘जयप्रकाशस“गै विराटनगर ७ स्थित सिलवालको घरमा जा“दा तिम्रो छोरी प्रहरीमा रहेकोले तत्काल नागरिकता लिएर काठमाडौं जान भन्यो,’ गुलजारीले भन्नुभयो, ‘अनी गीतास“ग प्लेन चढेर काठमाण्डौ गएँ ।
एउटा किराना पसलमा एकछिन बसेर बिनय र गीतास“ग छोरीलाई छुटाउन सहीछाप गर्ने ठाउ“मा गएर सहीछाप लगाई दिए“ ।’ सहीछाप गरेर बिनयको घरमा रातीको खाना खाने बेलामा आप्mनी छोरीस“ग भेटाइदिन भन्दा भोली बिहान मात्रै भेट्न सकिने गीताले भनेको उहाँले सुनाउनुभयो । गुलजारी थारु भाषा बाहेक अन्य भाषा कमै बुझ्नुहुन्छ ।
‘बिहानको खाना खाएपछि लास भएको ठाउ“मा लगेर यही हो तिम्रो छोरी भनेर उनीहरुले देखाई दियो,’ गुलजारीले सुनाउनुभयो ।
ललितपुरको सातदोबाटो प्रहरी वृतका प्रहरी नायब उपरीक्षक बिनोद सिलवालले गुलजारी चौधरीले आप्mनी छोरी आफै झुण्डिएर आत्महत्या गरेको भन्दै जाहेरी दिएपछि पोष्टमार्डम गराएर सदगतका लागि शव बुझेर गएको बताउनुभयो ।
उहाँले घटना भएको २ बर्षभित्र कुनै प्रमाण भेटिए कारबाही प्रक्रियामा जाने कानुनी व्यबस्था रहेको बताउनुभयो । आपूmहरुले अहिले पनि छानबिन गरिरहेको उहाँको भनाई छ । पिडित पक्षले बिनयको सासुससुराको नाता पर्ने प्रहरी उपरीक्षक सिलवालले पिडकस“गको मिलेमतोमा हत्यालाई आत्महत्यामा परिणत गरेको आरोप लगाए ।
घटना सार्बजनिक भएपछि मिलाउने षड्यन्त्र ।
घटना बारे पत्रपत्रिकामा समाचार छापिएपछि घटनालाई अगाडि नबढाउन सोमबार बिनयले वडाअध्यक्ष कपुरलाल माझीमार्फत ३५ हजार नगद पिडित परिवारलाई बुझाएको छ । बिनयले गुलजारीलाई घटना अघि नबढाए अन्य छोरीछोरीको पढाउन र परिवार पाल्न खर्च उपलब्ध गराउने प्रलोभन दिदै आएका छन् । घटना मिलाउन स्थानीय मनोज भुजेललगायतका केही राजनीतिक दलका नेताहरुले समेत दबाब दिदै आएको गुलजारीदेवीले गुनासो पोख्नुभयो । उहाँले आप्mनी छोरीको हत्यारालाई कानूनी कारबाही भएको हेर्न चाहेको र जति प्रलोभन दिए पनि नफस्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्