पुर्वी मोरङमा १० दिनमा ४ जनाको हत्या ,घटना पारिवारिक किचलो देखि साङ्गठनिक अपराधसम्म

पुर्वी मोरङमा १० दिनमा ४ जनाको हत्या ,घटना पारिवारिक किचलो देखि साङ्गठनिक अपराधसम्म

विराटनगर, ३० फागुन ।
दशदिन यता मोरङको पुर्वी क्षेत्रमा मात्र ४ जनाको हत्या भएको छ । सिलसिलाबद्ध रुपमा भएको हत्याको घटनाले धेरैलाई आतंकित पारेको छ । घटना पारिवारिक किचलो देखि साङ्गठनिक अपराधसम्मका छन् । प्रहरीका अनुसार फागुन १९ गते देखि २७ गतेसम्म ४ जनाको बिभिन्न कारणबाट हत्या भएको हो ।
फागुन १९ गते पछि लगातार जस्तो हत्याका घटना भईरहेको प्रहरी बताउँछ । फागुन १९ गते मोरङ उर्लावारीका सनम शाक्यको हत्या गरि गाडीको डिकीभित्र तौलिया, म्याट्रेस र त्रिपालले बेरी लुकाएको अबस्थामा प्रहरीको बिशेष टोलीले विराटनगरबाट शव बरामद गर्दै ३ जनालाई पक्राउ गरेको थियो । २० गते पुर्वी मोरङकोे मिक्लाजुङ गाउँपालिका ७ मधुमल्लाका एक महिलाको बलात्कार पछि ढुङ्गाले अनुहार कुच्याएर हत्या गरिएको अबस्थामा शव फेला परेको थियो । त्यस्तै २६ गते उर्लावारी नगरपालिका ९ का ५८ बर्षिय चन्द्र बहादुर दर्जी मृत अबस्थामा फेला परेका थिए । २७ गते लेटाङ नगरपालिका २ की ३७ बर्षिया कौशिला राईको शव आफ्नै घरमा हत्या गरेको अबस्थामा फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्