विराटनगरको ऐतिहाँसिक अन्तराष्ट्रिय विराट गोल्डकप अध्यारोमा, यस्तो छ -रात्री तयारी …….

विराटनगरको ऐतिहाँसिक अन्तराष्ट्रिय विराट गोल्डकप अध्यारोमा,  यस्तो छ -रात्री तयारी …….

प्रेम देवान
विराटनगर ३०, फागुन ।
विराटनगरको इतिहाँस बोकेको बिराट गोल्डकप शुरु हुन अब १७ दिन बाँकी रहँदा यसको चहलपहल बढाउन थालिएको छ । आयोजकले प्रतियोगिता गर्ने बारेमा तयारी तिब्र पारेको जनाएको छ । विराटनगरको शहिद रंगशालामा आगामी चैत्र १७ गते देखि २६ गते सम्म हुन लागेको एतिहासिक अन्तराष्ट्रिय विराट गोल्डकप यो बर्ष देखि केही फरक हुने भएको छ । विगतबर्षहरु भन्दा यो बर्ष केही फरक र पृथक शैलीमा गर्नेगरी आयोजकले तयारी थालेको छ ।
हिजोका दिनहरुमा काठमान्डौको दशरथ रंगशालामा मात्र रातको समयमा मात्र प्रतियोगिताहरु हुन्थे । तर यो अवसर अब विराटनगरले पनि पाएको छ । यो बर्षदेखि विराटगोल्डकपमा त्यसको प्रयोग गर्ने तयारी छ । यस बर्षको बिराट गोल्डकप रातीको समयमा आयोजना गर्नेगरी तयारी थालिएको आयोजकले जनाएको छ । खास गरी विकसित मुलुकहरुमा पनि रातको समयमा नै प्राय प्रतियोगिताह हुनेगर्दछन् ।
विराटनगरमा हामीसँग रातको समयमा फुटबल खेल गराउन सक्ने क्षमता, मुलकले हाम्रो विराटनगर प्रतिको हेर्ने दुष्टिकोणलाई चिर्नको लागी यसबर्षदेखि नयाँ शैलीमा जान लागिएको विराट गोल्डकप आयोजक समितिका संयोजक नविन रिजालले आवरविराटनगरलाई जानकारी दिनुभयो । ‘तीन महिना अघिदेखि हामीले एन्फासँग विराटगोल्ड कपकोलागि अनुमति माग्दा पनि समय दिईएन, संयोजक रिजालले भन्नुभयो, बल्ल चैत्रमा गर्न अनुमति पाईयो । यो चैत्रको चर्कोघाममा गर्न पुग्दा हामी अत्यन्तै दुखित छौ।’
गर्मीको समयमा प्रतियोगिता गर्नु परेकोमा आयोजकले केही असहज महसुस गरेका छन् । रिजालले भन्नुभयो, हामीले यसकोलागि नयाँ उपाय निकालेका छौ, खेलाडी तथा खेल प्रेमीहरुकोले रातको फुर्सदिलो समयमा खेलको आनन्द लिन सक्नुहुनेछ । गर्मीको समयमा गर्न सकिने खेल मैदान भएकोले राती गर्न लागिएको हो ।
अत्यन्तै गर्मी तातो हावा चल्ने भएका कारण खेलप्रेमि र दर्शकहरु कुनै असर नपरोस भनेर रातको समयमा गर्न लागिएको आयोजकको भनाई छ । रातको समयमा गर्दा सरकारी कार्यलयका कर्मचारी, नगरवासी फुर्सदमा आनन्दले विराट गोल्डकपकपको मज्जा लिन सक्ने भएका कारण नि यसपटक रातको समयमा प्रतियोगिता गर्न लागिएको हो यस बर्षको गोल्डकप फरक शैलीमा गर्न लागिएकोले प्रतियोगिता हेर्नको लागि मोरङ सुनसरी झापा र भारतीय सिमा क्षेत्र जोगबनी फारविगिन्जबाट पनि दर्शक आउने आयोजकको अपेक्षा छ ।
सुरक्षा र लाईटको यस्तो ब्यवस्था
विराट गोल्ड रातको समयमा गराउन आफैमा चुनौती पनि छ । रातको समय भएका कारण सबैको ब्यवस्था मिलाउनु पर्ने हुन्छ । सुरक्षाको दृष्टिकोणले त चुनौती छनौ त्यो भन्दा बढी समस्या उज्यालो वत्तिको ब्यवस्थापनमा देखिन्छ । प्रतियोगिताकोलागि त्यति कै मात्रमा खेल मैदानमा पर्याप्त प्रकाशको ब्यवस्थापन हो । तर आयोजक भने यस बिषयमा ढुक्क छ । पर्याप्त सुरक्षा कर्मी तथा खेल मैदानमा प्रकाश व्यावस्थाको प्रवन्ध मिलाईएको आयोजकको दावी छ । गत बर्ष सम्म विराटगोल्डकपको नाम दिईएकोमा यो बर्षदेखि ‘अन्तराष्ट्रिय विराट गोल्ड कप २०७४’को नाम दिईएको छ । यसकोलागि सुरक्षा व्यावस्था नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सुरक्षा गार्डहरुबाट गरिने तयारी छ ।
आयोजकले प्रकाशको ब्यवस्थापनको लागि भारतको कोलकाता र नेपालको तर्फबाट विद्युत प्राविधिकलाई झिकाएर ब्यवस्थापनको काम थालेको छ । खेल मैदानमा कम्तिमा ५ देखि ६ सयसम्मको एल.के.पावर प्रयोग गरिने संयोजक रिजालले जानकारी दिनुभयो । रातीको समयमा सवारी चोरी हुने संभावनालाई मध्यनजर राख्दै सवारी चोरी नियन्त्रण तथा अप्रिय घटना हुन नदिन १२ स्थानमा सिसि क्यामारा जडानको तयारी छ ।
विराट गोल्डकपमा १० टिम
यस बर्षको विराट गोल्डकपमा अन्तराष्ट्रिय विभागिय टोलीले पनि सहभागिता जनाउदै छन् । आयोेजक समितिका अनुसार यसपटक घरेलुटिम सहित १० वटाले टिमको सहभागिता रहनेछ । यसरी सहभागी हुनेमा काठमान्डौका मनाङ मस्र्याङदी, थ्री स्टार, नेपाल पुलिस क्लव, नेपाल आर्मी, सशस्त्र प्रहरी, घरेलु टिम मोरङ, झापा ११, भुटानको थिम्पुको चर्चित टिम, भारतको मोहम्डन स्र्पोटिङ क्लव, कोलकत्ता, बंगलादेश स्र्पोटिङ क्लबले सहभागिता जनाउदैछन् । रात्री सिफ्टमा खेलाईने भएका कारण विगतका भन्दा प्रतियोगिता पृथक देखिने आयोजकको भनाई छ ।
पुरस्कार राशी दोब्बर
विगत बर्षको तुलनामा यो बर्षको बिराट गोल्डकपमा पुरस्कार राशी दोब्बर बनाईएको छ। बिजेताले १२ लाख ७१ हजार रुपैया नगद पुरस्कार प्राप्त गर्नेछ भने उप विजेताले ५ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक समितिका संयोजक रिजालले जानकारी दिनुभयो । त्यस्तै प्रत्येक दिन खेलको म्यान अफ द म्याचलाई १० हजार प्रदान गरिनेछ । यसैगरी म्यान अफ द सिरिको लागि मोटरसाईकल र शिल्ड, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोल किपर, उत्कृष्ट फिल्डर, डिफेन्स, व्यावस्थापक, सर्वाधिक गोलकिपरलाई जनही २५ हजार नगद प्रदान गरिने भएको छ ।
प्रतियोगिता बारे औपचारिकता छैन
प्रतियोगिताको तयारी बारे अझै अझै पत्रकार सम्मेलन गरिएको छैन । बिगत बर्षहरुमा प्रतियोगिता हुनु पुर्ब एक महिना अघि देखि नै प्रतियोगिता बारे जानकारी दिने र प्रचार प्रसार गर्ने काम हुने गरेकोमा यो बर्ष भने तयारीको बारेमा कसैलाई जानकारी दिईएको छ्रैन । अनी पत्रकार सम्मेन समेत गरिएको छैन । आयोजकले प्रतियोगिता बारे के तयारी गरेको छ भनेर सोधी खोजी बाहेक औपचारिक रुपमा जानकारी दिईएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्