पूर्वका ट्यांकर व्यवसायीद्धारा पेट्रोलियम पदार्थ ढुवानी बन्द

पूर्वका ट्यांकर व्यवसायीद्धारा पेट्रोलियम पदार्थ ढुवानी बन्द

राजु पौडेल , पूर्वका ट्यांकर व्यवसायीे तथा मजदुरले पेट्रोलियम पदार्थ ढुवानी बन्द गरेका छन् । नेपाल आयल निगमले आफूसँग गरेकोे सहमति कार्यान्वयन नगरेको भन्दै ट्यांकर व्यवसायी तथा मजदुरले डिजेल, पेट्रोलको ढुवानी ठप्प पारेका हुन् । निगमको पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३ अनुसार ट्यांकरमा ‘लकिङ सिस्टम’ लागु गर्नुपर्ने व्यवस्था छ । तर, व्यवसायीले भने ‘लकिङ सिस्टम’ लागु गरेपछि इन्धनको आयतन घटीबढी हुँदाको सम्पूर्ण जिम्मा निगमले लिनुपर्ने माग गरेका थिए । तर, सहमतिअनुसार १५ बँुदे माग कार्यान्वयन नभएको र निगमले मनोमानि गरेपछि आन्दोलनमा उत्रिएको हुन् ।

भारतको सिलगुढीबाट झापासहित मेचीका विभिन्न पम्पहरुमा पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका ट्यांकर मजदुरहरुले आन्दोलित हुँदा पम्पहरुमा पेट्रोल, डिजेल अभाव हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्