विराटनगरमा ‘शत्रुगते’का कलाकार घेराबन्दीमा

विराटनगरमा ‘शत्रुगते’का कलाकार घेराबन्दीमा

प्रेम देवान
विराटनगर ३० फागुन ।
आगामी चैत्र ९ गते अल नेपाल रिलिज हुन लागेको शत्रुगते फिल्मका कलाकारहरु विराटनगरमा दर्शकबाटै घेरिएका छन् । विराटनगरबाट प्रकाशित हुदै आएको न्यू सृष्टि दैनिकको सातौँ बार्षिक उत्सव कार्यक्रममा सम्मानित हुन आईपुगेका कलाकारहरुलाई शुभचिन्तकले घेरेका थिए ।
नेपाली चलचित्रको क्षेत्रमा छुट्टै छाप बनाएका कलाका र हरिवंश आर्चय सहितको टिम बुधवार विराटनगर आईपुगेको हो । विराटनगर आइएपुगेका कलाकार दीपाश्री निरौला, प्रियंका कार्की, शिवहरि पौडेल, किरण केसी लगायतका कलाकार विराटनगरको अतिथी सदनमा स्वागत भईरहदाँ नेपाली पञ्जेबाजाले भव्य स्वागत गरिएको थियो ।
शत्रुगतेका कलाकारहरुसँग विराटनगरका फ्यानहरु कतिखेर कार्यक्रम सकिन्छ र आफ्नो मोबाईलमा सेल्फी खिचौला भनेर पर्खिएर बसेका थिए । करिब डेढघण्टा पछि कार्यक्रमबाट निस्कीएका कलाकारहरुलाई कार्यक्रम स्थल देखि नै फोटो खिच्नेहरुले घेरेका थिए ।
पुराना अनि चलेका कलाकारलाई भेटेर सेल्फी खिच्न पाँउदा आफु निकै खुशी भएको विराटनगर २ की सुनिता उपाध्ययले बताउनुभयो । गाडीमा बसीसकेका कलाकारहरुसँग समेत सेल्फी खिच्न भ्याई नभ्याई देखिन्थ्यो ।
श्रष्टा सम्मान
कार्यक्रममा नायिका प्रियंका कार्कीलाई रानुदेवी अधिकारीले न्यू सृष्टि दैनिक कला पुरस्कार र रंगकर्मी सुनिल पोखरेललाई हरिसिंह दुगड-उषा देवी नाट्य पुरस्कारले पुरस्कत गरिएको छ । कार्यक्रममा कलाकार तथा गीत संगित क्षेत्रका श्रष्टालाई सम्मान गरिएको थियो । नवगायक नितिन गजुरेल,प ारसमणि बराल, निलम ढुङगाना र सबैभन्दा कान्छा फिल्म निर्देशक सौगात विष्टलाई सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्