स्थानीय तह खाली गर्न विप्लब माओवादीको धम्की पुर्ण पत्र

स्थानीय तह खाली गर्न विप्लब माओवादीको धम्की पुर्ण पत्र

विराटनगर, १ चैत ।
मोरङका स्थानीय तह खाली गर्न नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले धम्की दिएको छ । चैत ४ गते सम्म स्थानीय तह खाली गर्दै कुनैपनि कामकार्वाही नगर्नको लागि नज प्रतिनिधि र कर्मचारीलाई धम्की दिईएको हो । धम्कीपछि स्थानीय तहमा कार्यरत कर्मचारी र जन प्रतिनिधिले असुरक्षित महसुस गरेका छन् । पार्टीको जिल्ला जन परिषदले कार्यकारी अधिकृतका नाममा पठाएको धम्कीपुर्ण पत्र मोरङको केरावारी गाउँपालिकामा बुधवार प्राप्त भएको छ । तिन महिने एकिकृत जनजागरण अभियान अन्तरगत परिषद नेपालले गाउँ, नगर र महानगरपालिकामा बृद्धी भएको स्थानीय कर, विकास बजेटको नाममा गरिएको अनियमितता, अपचलन, स्थानीय श्रोत परिचालनमा दुरुपयोग, भेदभाव मुलक बजेट परिचालन, भ्रष्टाचारजन्य गतिबिधि बिरुद्ध सम्झौताहीन प्रतिरोध अघि बढाएको पत्रमा उल्लेख गरिएको आजको अन्नपुर्ण पोष्टमा खबर छ ।
जनपरिषदका प्रमुख मिसायलले हस्ताक्षर गरेको पत्रमा संघर्षको कडीका रुपमा यही चैत ४ गते स्थानीय तह खाली गराउने निर्णय जनसत्ताले गरेको खुलाएको छ । स्थानीय तहमा कार्यरत कर्मचारी र जन प्रतिनिधिलाई उक्त दिन कुनैपनि काम नगर्न÷नगराउन र स्थानीइ तह खाली गराउने उर्दी जारी गरिएका पत्र प्राप्त भएको केरावारी गाउँपालिकाकाका अध्यक्ष रोहित कार्कीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्