झापा र मोरङबाट लागुऔषधसहित सात जना पक्राउ

झापा र मोरङबाट लागुऔषधसहित सात जना पक्राउ

झापा र मोरङबाट प्रहरीले बुधबार लागुऔषध ब्राउनसुगर र टिडिजेसिक ईन्जेक्सनसहित ७ जनालाई पक्राउ गरेको छ ।
झापाको अर्जुनधारा नगरपालिका ६ बाट दुई ग्राम ६ सय मिलिग्राम ब्राउनसुगरसहित पाँच जना पक्राउ परेका छन। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने पुष्प न्यौपाने, जंगबहादुर राई, सानुवाज महमद, सुमन शर्मा र संग्राज अन्सारी पक्राउ रहेको इलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ। उनीहरुलाई प्रहरीले राती १२ बजेतिर पक्राउ गरेको हो। उनीहरुको साथबाट नगद १८ हजार २ सय रुपैया समेत बरामद भएको छ। पक्राउ परेका सबै जनालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयमा राखिएको छ।
यसैगरी मोरङ बुढीगंगा गाउँपालिका ४ स्थित राहुल पेट्रोल पम्प अगाडीबाट लागुऔषध टिडिजेसिकसहित दुहवी नगरपालिका ५ बस्ने अजय खड्का पक्राउ परेका छन । खड्कालाई इलाका प्रहरी कार्यालय निमुवाको टोलीले लुपिजेसिक ७ एम्पुल, एभिल ७ एम्पुल, डाईजेल्याब ७ एम्पुलसहित पक्राउ गरेको हो। सोही ठाउँबाट प्रहरीले दुहवी नगरपालिका ५ बस्ने सुमन राईलाई समेत लागुऔषध ओसार पसारमा संलग्न रहेको आंशकामा नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्