विराटनगर , २ चैत ।
मोरङबाट प्रतिनिधिसभाको समानुपातिक सांसद डा. शिवमायाँ तुम्बाहाम्फे उपसभामुख बन्नुभएको छ । नेकपा एमालेका समानुपातिक सांसद तुम्बाहाम्फेले बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित हुनुभएको हो । संघीय संसद भवन नयाँ वानेश्वरमा भएको चुनावमा तुम्वाहाम्फे २ सय १ मतसहित उपसभामुखमा निर्वाचित हुनुभएको हो ।
उहाँकी प्रतिष्प्रधि नेपाली कांग्रेसकी पुष्पा भुसालले ५८ मत मात्रै पाउनुभएको छ । आजको बैठकमा २ सय ५९ जना सांसद उपस्तिथ थिए । संघीय संसदको सभामुख या उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने संबैधानिक व्यवस्था अनुसार दुवै दलले उपसभामुखमा महिला उम्मेदवार उठाएका थिए ।
बाम गठबन्धनले पार्टी एकता भइनसकेको भन्दै उपसभामुख छाड्ने अस्वीकार गर्दै उपसभामुखमा तुम्बाहाम्फेलाई उम्मेदवार बनाएको हो । दुई पार्टीको एकता भइसकेपछि एउटै दलको सभामुख र उपसभामुख हुने हुँदा त्यसबेला के गर्ने भन्ने अन्यौल छ । सभामुखमा माओगवादी केन्द्रका नेता कृष्णबहादुर महरा यसअघि नै निर्बिरोध निर्वाचित भइसक्नुभएको छ । यसअघि संघीय समाजवादी फोरमले उपसभामुखको दावी गर्दै आएको थियो ।
यस्ती शिवमाया
२०३७ सालमा युवा दस्तामा काम गरेकी तूम्बाहाम्फे त्यहीबेला देखि नै आँटीली केटीको रुपमा चर्चित हुनुहुन्थ्यो । जनता माबि गौरादहमा पढेदा देखि नै उहाँको चर्चा जिल्ला तह सम्म नै थियो । २०३७ सालमा कक्षा ९ मा अध्ययन गर्दा उहाँ पार्टीको प्रमुख भातृ संगठन युवादस्तामा काम गर्नुहुन्थ्यो । प्रहरीसँग आमने सामने पर्दा झापा र मोरङको रतुवा नदिको किनारमा उहाँको टाउको समेत फुटे.को उहाँ सम्झनुहुन्छ । बिद्यालयमा अंग्रेजी पढाउने त्यस बेलाका शिक्षक गौरादह बहुमुखी क्याम्पसका पुर्ब प्रमुख भोजराज दहाल शिवमायालाई संघर्षशिल महिलाको रुपमा चिन्नुहुन्छ । स्पष्ट स्वाभाव अध्यायनमा औधी रुची दिने शिवमायपार्टी भित्र अध्ययनशिल, मेहनती विचारको प्रवाह गर्न सक्ने खुवी उहाँमा थियो । विद्यार्थी जीवनदेखि नै अनेरास्ववियुबाट राजनीति थालेकी तुम्बाहाम्फे रामनाथ ढकाल अनेरास्ववियुको अध्यक्ष रहेको बेला केन्द्रीय उपाध्यक्ष हुनु भयो । योगेश भट्टराई अनेरास्ववियुको अध्यक्ष भएपछि उहाँले पार्टी र विभिन्न गैरसरकारी संस्थामा सक्रिय रहनुभएको थियो । अखिल छाडेर प्राध्यापनमा लाग्नु भएकी शिवमाया बिद्यावारिधि गरेर एमालेको केन्द्रिय राजनितिमा आउनु भयो ।
जन्मथलो तेह्रथुम र अध्ययन तथा राजनीति झापाबाट शुरु भएपनि उहाँको कर्मथलो मोरङ हो । नवौं महाधिवेशनबाट एमाले केन्द्रीय सदस्यमा निर्वाचित तुम्बाहाम्फे अहिले मोरङ जिल्ला इञ्चार्ज रहनुभएको छ । पार्टी भित्र केपी ओली निकट नेतृको रुपमा तुम्बाहाम्फे चिनिनुहुन्छ । उहाँको अर्को परिचय हो, एमालेका चर्चित नेता बिजय सुब्बाको बहिनी । तर, सुब्बाले एमाले छाडेर संघीय समाजवादीमा गएपनि शिवमायाँले एमालेमै सक्रिय रहनुभएको छ । अहिले बिजय सुब्बा पनि एमालेमै फर्किएर समानुपातिक सांसद बन्नुभएको छ । तुम्बाहाम्फेले नेपालको महिला आन्दोलनका विषयमा विद्यावारिधी गर्नुभएको छ । उहाँलाई २०७३ सालमा केपी ओली नेतृत्वको सरकारले इजरायलको लागि राजदुतमा सिफारिस गरेको थियो । तर, संसदीय सुनुवाई नहुँदै सरकार परिवर्तन भएकोले उहाँले राजदुत बन्न पाउनुभएन ।