विराटनगरका राजु साहलाई मोरङ जिल्ला अदालतको २८ लाख धरौटी बुझाउन आदेश

विराटनगरका राजु साहलाई मोरङ जिल्ला अदालतको २८ लाख धरौटी बुझाउन आदेश

विराटनगर,२ चैत ।  अवैध वित्तिय कारोबार गरेको पक्राउ परेका विराटनगर–१२ का राजु साहलाई मोरङ जिल्ला अदालतले २८ लाख धरौटी बुझाउन आदेश गरेको छ ।  प्रहरीको केन्द्रीय अपराध अनुसन्धान ब्यूरो (सिआइबी) र एक नम्बर प्रदेश बिशेष अनुसन्धान ब्यूरोको टोलिले गत फागनु ७ गते पक्राउ गरेका साह विरुद्ध अवैध वित्तिय कारोबार कसुर ऐन अन्तर्गत मुद्दा दर्ता भएको थियो ।

सिआइबीले विराटनगरमा चौतारी ईन्भेष्टमेन्ट प्रा.लि. सञ्चालन गर्दै आएका शाहलाई नगद ८ लाख ६१ हजार २ सय ७४ रुपिँयासहित पक्राउ गरेको थियो । मोरङ प्रहरीले हिरासतमा राखेर अबैध बित्तिय कारोबारको आरोपमा अनुसन्धानपछि अदालतमा मुद्दा दर्ता गरेको थियो । अदालतले गरेको आदेश अनुसारको धरौटी बुझाउन नसकेपछि अभियुक्त साह पुर्पक्षका लागि कारागार चलान भएका छन् । झापा, सुनसरी र मोरङमा फागुनको पहिलो साता मात्रै ८ जना अवैध वित्तिय कारोबारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । (pahilo kitab)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्