दाईले चलाएको भरुवा बन्दुक भाईको कन्चटमा

दाईले चलाएको भरुवा बन्दुक भाईको कन्चटमा

विराटनगर, २ चैत ।
ताप्लेजुङमा दाजुले हानेको भरुवा बन्दुकले लागेर एकजनाको ज्यान गएको छ । जिल्लाको आठराई–त्रिवेणी गाउँपालिका–३ हाङपाङमा दाजुले चलाएको भरुवा बन्दुक लागेर भाइको मृत्यु भएको हो । स्थानिय बालेश्वर आङ्बोहाङ लिम्बुको छोरा २७ बर्षिय सुवास आङबोहाङ लिम्बु र २२ बर्षिय दिवश आङबोहाङ लिम्बु विहीबार राती सिमलबोटे जंगलमा शिकार खेल्ने क्रममा दाजु सुवासले चलाएको भरुवा बन्दुकले भाइ दिवशलाई लागेको थियो।
भरुवा बन्दुकले लागेर दिवसको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरीको टोलीले घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले दाजु सुवास सहित अन्य दुई जनालाई १ थान भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्